६ श्रावण २०८३, बुधबार | July 22, 2026

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैँया ८४ पैसा र बिक्रीदर एक सय ४६ रुपैँया ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैँया १६ पैसा र बिक्रीदर एक सय ७५ रुपैँया ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैँया १७ पैसा र बिक्रीदर एक सय ५५ रुपैँया ८४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैँया १ पैसा र बिक्रीदर ९० रुपैँया ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैँया २५ पैसा र बिक्रीदर ९७ रुपैँया ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैँया ४२ पैसा र बिक्रीदर एक सय २ रुपैँया ८८ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर खाठ रुपैँया ९८ पैसा र बिक्रीदर नौ रुपैँया २ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैँया ९० पैसा र बिक्रीदर १८ रुपैँया ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैँया ७४ पैसा र बिक्रीदर ३५ रुपैँया ८९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैँया ८१ पैसा र बिक्रीदर ३६ रुपैँया ९७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैँया ५ पैसा र बिक्रीदर चार रुपैँया ५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैँया ५४ पैसा र बिक्रीदर ३६ रुपैँया ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैँया १८ पैसा र बिक्रीदर ३१ रुपैँया ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैँया ८० पैसा र बिक्रीदर ९ रुपैँया ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैँया ७६ पैसा र बिक्रीदर १२ रुपँैया ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैँया ५५ पैसा र बिक्रीदर १९ रुपैँया ६४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैँया २७ पैसा र बिक्रीदर १७ रुपैँया ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैँया ९२ पैसा र बिक्रीदर चार सय ३९ रुपँैया ८८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैँया ९८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैँया ७९ पैसा तथा भारतीय रुपैँया एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ७ : २१ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको