१९ बैशाख २०८३, शनिबार | May 3, 2026

आजपनि बढ्यो सुनको मूल्य, एक लाख ६५ हजार ६०० मा कारोबार



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज २३ गतेयता सुनको मूल्य दैनिक बढ्दै गएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि, आइतबार एक लाख ६५ हजार रुपैयाँमा उच्च मूल्यमा कारोबार भएको थियो ।

असोज २३ गते एक लाख ५९ हजार १०० रुपैयाँबाट छापावाल सुनको मूल्य बढ्नेक्रम रोकिएको छैन । त्यसपछिका कारोबार दिनमा सुनको मूल्य लगातार बढ्दै गएको छ ।

त्यसपछि दसैँलगत्तै बजार खुल्दा असोज २९ गते एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । असोज ३० गते एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन कात्तिक १ गते एक लाख ६२ हजार ४०० मा कारोबार भयो । २ गते एक लाख ६४ हजार ४०० र कात्तिक ४ गते एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो ।

आज चाँदीको मूल्य पनि २० रुपैयाँ बढेको छ । यसदिन चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ११ : २२ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय