१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

२४ घण्टामा ६ वर्षीय बालकसहित ९ जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट शनिबारसम्म १४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना अपडेट कार्यक्रममा दिएको जानकारी अनुसार १४६ जनाको मृत्यु भएको छ ।

मन्त्रालयले गरेको अपडेट अनुसार पछिल्लो २४ घण्टामा एक ६ वर्षीय बालकसहित ९ जनाको निधन भएको छ । ६ वर्षीय बालक सुनसरीका भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

सुनसरीमै अर्का एक जना ६७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

यसैगरी पर्सामा ३ जना पुरुषको मृत्यु भएको छ । ६१, ५८ र ४८ वर्षका पुरुषको मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए ।

यस्तै, बारामा ५८ वर्षीय एक जना पुरुष, सिराहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको आधिकारिक तथ्यांक बाहेक शनिबार अपरान्हसम्म थप मृत्यु भएको समाचारहरु सार्वजनिक भैरहेका छन् । तर, मन्त्रालयले त्यसलाई अपडेट गरेको भने छैन ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ४ : ३६ बजे

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध