७ पुस २०८२, सोमबार | December 22, 2025

मानवसेवा आश्रमको सहयोगापेक्षी सडक आश्रीत उद्धार राष्ट्रिय अभियान रुपन्देहीमा, पहिलो दिन ९ जनाको उद्दार



बुटवल । मानवतापद्र्धन महाअभियानमा लागेको मावनसेवा आश्रमको सहयोगापेक्षी सडक आश्रीत उद्धार राष्ट्रिय अभियान रुपन्देहीमा आएको छ । राष्ट्र व्यापी अभियान अन्र्तगत रुपन्देहीमा आएको केन्द्रीय अध्यक्ष रामजी अधिकारी, सुप्रसिद्ध गायिका आनी छोईङ डोल्मा, केन्द्रीय महासचिव शुसिला केसी(रुपा) सहितको समुहले रुपन्देहीको विभिन्न स्थानबाट ९ जना सहयोगापेक्षी मानवको उद्धार गरेको हो ।

रुपन्देहीको भैरहवा, बेथरी, धकई सहित बुटवलका विभिन्न स्थानबाट ९ जनाको उद्दा गरिएको मानवसेवा आश्रम लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले जानकारी दिईन् । उनका अनुसार शुक्रबार विहान बुटवलका विभिन्नस्थानमा उद्धार अभियान चलाईने छ ।

यस्तै शुक्रबार नै रुपन्देहीको देवदह नगरपालिका क्षेत्र, नवलपरासीको सुनवल क्षेत्र सहित बर्घघाट क्षेत्रमा अभियान जारी रहने मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष सामजी अधिकारीले जानकारी दिए । मानव सेवा आश्रम मानविय सेवा यहि असोज २६ देखि कार्तिक २८ गते सम्म देश व्यापीरुपमा अभियानको रुपमा को रुपमा हिडेको अध्यक्ष अधिकारीको भनाई रहेको छ ।

रुपन्देहीमा पहिलो दिन उद्दार गरिएका सहयोगापेक्षी मानवको सरसफाई सहित मेडिकल, उपचार, पोशाक वितरण सहितको भोजन समेत ग्रहरण गराइएको मानव सेवा आश्रम रुपन्देहीका संयोजक टिकामाया थापाले जानकारी दिईन ।

बुटवलको मणिकुन्द शेन उद्धानमा आयोजना गरिएको सामुहिक सह भोजन कार्यक्रममा जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाई सहित नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनी सहितका स्थानीय जनप्रतिनीधी, सरोकारवाला, आश्रमका अभिभाव राजन सापकोटा लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ७ : ५८ बजे

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा