११ पुस २०८२, शुक्रबार | December 26, 2025

रवि लामिछानेलाई हिरासत मुक्त गर्न राज्य व्यवस्था समितिमा रास्वपा सांसदको माग



काठमाडौं । हिरासतमा रहेका आफ्ना पार्टीका सभापति रवि लामिछानेलाई थुना मुक्त गर्न राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसदले माग गरेकी छिन् ।

सोमबार बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद चन्दा कार्की भण्डारीले सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका पार्टी सभापति लामिछानेलाई रिहा गर्न माग गरेकी हुन् ।

कार्कीले लामिछानेको मुद्दा अदालत नपुगेको र भाग्ने अवस्था समेत नरहेको दाबी गर्दै थुना मुक्त गर्न माग गरिन् । उनले लामिछानेलाई १२ लाख जनताले विश्वास गरेको बताइन । उनले भनिन्, ‘रवि लामिछानेको मुद्दामा निष्पक्ष र न्यायसंगत छानबिन होस्, प्रमाणको आधारमा गृहले काम गरोस् ।’

सांसद कार्कीले सभापति पक्राउपछि रास्वपाले न्यायलयलाई प्रभावित पार्न आन्दोलन नगरेको पनि जिकिर गरिन् ।

उनले भ्रष्टाचारमा राजनीतिकरण भएको जिकिर गर्दै अख्तियारमा राजनीतिक हस्तक्षेप बन्द गर्न माग गरिन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  २ : ५५ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको