१५ बैशाख २०८१, शनिबार | April 27, 2024

कोरोना संक्रमित महिलाको वीरगन्जमा मृत्यु



वीरगन्ज । वीरगन्जमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका–११ श्रीपुर निवासी ५६ वर्षीय कोरोना संक्रमित महिलाको वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा महिलाको मृत्यु भएको हो ।

गत साउन २४ गतेदेखि उपचाररत ती महिलाको शनिबार साँझ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

थाइरोइड भएकी ती महिलालाई ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।

उनको साउन २२ गते स्वाब संकलन गरिएकोमा साउन २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

तर निरन्तर स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि भेन्टिलेटरमा उपचार गर्दागर्दा उनको मृत्यु भएको प्रशासन कार्यालयले जनाएको छ ।

पर्सा जिल्लाका मात्रै २९ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ८ : १२ बजे

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा