२९ मंसिर २०८२, सोमबार | December 15, 2025

साफ वुमन्स च्याम्पियनसिप : बंगलादेशले चुम्यो उपाधि



काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । आज भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशका लागि ८२ औं मिनेटमा मोनिका चक्मा र ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले गोल गरे । नेपालका लागि अमिशा कार्कीले ५६ औं मिनेटमा गोल फर्काइन् ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफको सुरुवाती केही मिनेटपछि नै नेपालले खेलमा दबाब बनाएको थियो । दोस्रो मिनेटमै नेपालको गल्तीमा बंगलादेशले राम्रो अवसर पाएको छ ।

दोस्रो हाफमा नेपाली टिममा दुई खेलाडी परिवर्तन भएको थियो । पूजा रानाको स्थानमा समीक्षा घिमिरे र सरु लिम्बुको स्थानमा रश्मीकुमारी घिसिङ मैदान प्रवेश गरेका थिए ।

५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बंगलादेशले पहिले अग्रता लियो । कप्तान सबिना खातुनको पासमा मोनिकाले गोल गरेकी थिइन् । तर त्यो गोल धैरै समय टिकेन ।

त्यसको चार मिनेटपछि नै अमिसा कार्कीले नेपालको लागि गोल फर्काईन् ।

८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले उत्कृष्ट गोल गदै बंगलादेशलाई फेरि अग्रता दिलाइन् । उनले बायाँ साइडबाट बक्समा हानेको क्रस सिधै गोलमा परिणत भएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ८ : ३८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले