१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

पर्सा र बारामा सेना, प्रहरी, डाक्टर, पत्रकारसहित थपिए १५६ नयाँ संक्रमित



वीरगन्ज । कोरोना भाइरसको संक्रमण र मृत्युको इपिसेन्टर बनिरहेको पर्सा र बारामा संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

आइतबार यी दुई जिल्लामा १ सय ५६ जना नयाँ संक्रमित थपिएका छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जसमध्ये ३४ जना महिला र १ सय २२ जना पुरुष रहेका छन् ।

३ सय २० नमुना परीक्षणमा झण्डै आधा नमुनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले बताएको छ । संक्रमितहरुमा पर्साका मात्रै १ सय ४५ जना रहेका छन् भने बाराका ११ जना रहेका छन् ।

३ वर्षदेखि ७० वर्ष उमेर समुहका संक्रमितहरुमा सेना, प्रहरी, चिकित्सक र संचारकर्मीहरु समेत रहेका छन् ।

पर्सामा हालसम्म १ हजार ७ सय ९० जनालाई कोरोना संक्रमण पुष्टि भैसकेको छ । जसमध्ये ३ सय ८७ जना महिला रहेका छन् । हालसम्म १७ हजार ५ सय १ जनाको पीसीआर परीक्षण भएको छ ।

संक्रमितहरुमध्ये पर्सामा मात्रै २८ जनाको मृत्यु भैसकेको छ । पछिल्लो मृत्यु शनिबार साँझ भएको थियो ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ११ : ३३ बजे

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा