२८ भदौ २०८३, आइतबार | September 14, 2026

बर्दियामा ४५ लाख बराबरको ओखर र छोहरा बरामद



बर्दिया । बर्दियामा प्रहरीले करिब ४५ लाख बराबरको ओखर र छोहरा बरामद गरेको छ । प्रहरीले राजापुर नगरपालिका –७ बाट तीन सय ९६ बोरा ओखर र ५९ बोरा छोहरासहित दुई जनालाई पक्राउ गरहेको हो ।

पक्राउ पर्नेमा बर्दिया राजापुर नगरपालिका –४ राजापुर बजार बस्ने ३२ वर्षीय जाबेद मनिहार र सोही ठाउँमा व्यापार गर्ने कञ्चनपुर कृष्णपुर नगरपालिका –४ घर भएका रमेश ढुङ्गाना रहेका छन् ।

उनीहरु ओखर र छोहरा नेपालबाट भन्सार छली चोरीनिकासी गरी भारततर्फ लैजाने तयारी गर्दै गर्दा पक्राउ परेका हुन् ।

उनीहरुबाट करिब ४४ लाख ६९ हजार ९ सय ९० रुपैयाँ बराबरको सामान फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए ।

पक्राउ परेको सामानसहित मनिहार र ढुङ्गानालाई आवश्यक कारवाहीका लागि राजापुर भन्सार कार्यालयमा पठाइएको सुचना अधिकारी खड्काले बताए ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ८ : ३० बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा