१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

कोरोनाबाट संचारकर्मीहरु संक्रमित बन्दै, घरैबाट काम गर्ने वातावरण बनाउन पत्रकार महासंघको आग्रह



काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै संक्रमणको उच्च जोखिका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सम्बन्धित पक्षसँग आग्रह गरेको हो ।

महासंघले संक्रमणको दर वृद्धि भएसंगै पछिल्लो समयमा अग्रभागमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीहरूमा समेत संक्रमण देखिने क्रम बढेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी संक्रमित भइसकेको बताउँदै महासंघले फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरापर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन् ।’

महामारीको समयमा संक्रमणबाट जोगिन आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासंघले आम सञ्चारकर्मीहरुमा अपिल पनि गरेको छ ।

महामारीको जटिल परिस्थितिमा पनि नेपाली सञ्चार क्षेत्रले उच्च जोखिम मोलेर समाचार संकलन तथा सम्प्रेषण गरिरहेको बताउँदै महासंघले सञ्चार प्रतिष्ठानहरूले पनि अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

यस्तै, कार्यालय तथा फिल्डमा खटिने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्रीको प्रयोग संगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न पनि महासंघ आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  १२ : ५० बजे

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने