२ पुस २०८२, बुधबार | December 17, 2025

बुटवलको कोरोना विषेश अस्पतालमा प्लाज्मा थेरापीबाट उपचारको तयारी, संक्रमण मुक्त चिकित्सकको रगत निकालियो



बुटवल । कोरोना उपचारमा प्लाज्मा थेरापीको चर्चा चलेपछि लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको बुटवलको कोशोना बिशेष अस्पतालमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमित विरामीको उपचारको तयारी गरिएको छ ।

प्लाज्मा थेरापिको बिधीबाट कोरोनाको उपचार हुने चर्चा चलेसँगै अस्पतालले थेरापी गर्नका लागि संक्रमण मुक्त भएका अस्पतालकै एक जना चिकित्सकको रगत निकालिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले बताए । उपचार बिधि सुरु गर्न केही दिनअघि कोरोना संक्रमणबाट मुक्त भएका लुम्बिनी प्रादेशिक अस्पताल चिकित्सक डा. साजन श्रेष्ठबाट रगत संकलन गरिएको डा. गौतमले बताए । आवश्यकता अनुसार संक्रमितलाई प्लाज्मा थेरापी गरिने उनले बताए ।

कोरोना संक्रमित भएर निको भएका बिरामीको रगतबाट प्लाज्मा छुट्याएर गम्भीर संक्रमित बिरामीलाई दिने प्रक्रियालाई प्लाज्मा थेरापी भनिएको छ । यो बिधिले संक्रमित बिरामीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने बताईएको छ । यो उपचार विधि सफल हुने नहुने अझै निश्चित भने छैन ।

सोमबारबाटै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले नियमित कोरोना प्रेस ब्रिफिङमा प्लाज्मा थेरापीको ट्रायल सुरु गरिसकिएको जानकारी गराएका थिए ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्लाज्मा थेरापी गरेका ६८ वर्षीय एक पुरुषको आइतबार साँझ उपचारकै क्रममा मृत्यु भएको थियो । यद्यपी, सरकारले प्लाज्मा थेरापीलाई ट्रयालको रुपमा सुरु गरिसकेको छ ।

कोरोना बिशेष अस्पतालमा १७ जना संक्रमितको आईसियूमा सघन उपचार भईरहेको छ भने समान्य वार्डमा २३ जनाको उपचार चलिरहेको छ । अस्पतालले रुपन्देही सहित कपिलवस्तु, पश्चिम नवलपरासी, गुल्मी, पाल्पा र अर्घाखाँची सम्मका लक्षण सहितको संक्रमितलाई सेवा दिईरहेको छ ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ५ : ०२ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको