४ पुस २०८२, शुक्रबार | December 19, 2025

सदस्यता शुल्क नबुझाए पत्रकार महासंघको चुनावमा भाग लिन नपाइने



नेपालगन्ज । यही मंसिर २८ गते हुने भनिएको नेपाल पत्रकार महासंघको निर्वाचनमा भाग लिन सदस्यता बापतको सम्पूर्ण शुल्क भुक्तानी गर्न अनिवार्य गराइएको छ । महासंघका पदाधिकारीहरुको म्याद सकिएको ८ महिनापछि हुने भनिएको निर्वाचनका लागि मंसिर १४ गते भित्र सदस्यता बापतको बाँकी बकौता भुक्तानी गर्न भनिएको छ ।

केन्द्रको सर्कलर भन्दै पत्रकार महासंघ बाँके शाखाले आज एक सूचना प्रकाशित गर्दै मंसिर १४ गते मध्यान्ह १२ बजेभित्र २०७८ साल यताको सदस्यता शुल्क बुझाएर सदस्यता नविकरण गर्न र नयाँ सदस्यता पाएकाहरुले सदस्यता बापतको रकम दाखिला गर्न भनेको छ । महासंघको सूचनामा सदस्यता नविकरण नभएका र सदस्यता शुल्क नबुझाएका सदस्यहरुले मतदान गर्न नपाउने उल्लेख गरिएको छ ।

यसअघि नविकरण भएकाहरुको हकमा रसिद हेरि बाँकी अवधिको सदस्यताको नविकरण शुल्क बुझाउन सूचनामा जनाइएको छ ।

महासंघको बिधान अनुसार नयाँ सदस्यहरुले प्रवेश वर्षको २ हजार र त्यसपछिको नविकरण बा पतवर्षको १ हजार सदस्यता शुल्क बुझाउनु पर्दछ । बिधानमा लगातार दुई वर्षसम्म नवीकरण नगर्ने सदस्यको सदस्यता स्वतः खारेज हुने व्यवस्था रहेपनि महासंघमा निर्वाचन हुने सालमा एकै पटक सदस्यता नविकरण गर्ने प्रचलन रहँदै आएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ८ : ४४ बजे

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित