२५ भदौ २०८३, बिहिबार | September 11, 2026

बुटवल हस्पिटल प्रा.लि.मा ९५ वर्षीय न्यौपानेको शल्यक्रिया, उमेर गौढ बन्यो रुक्मागतको हिम्मत अगाडी



बुटवल । आजभोली बिरामीहरुका लागि शल्यक्रिया (अप्रेशन) गर्ने कुरा समान्य जस्तै बन्दै गएको छ । तर शल्यक्रिया गर्नका लागि अन्य धेरै कुराहरु मिलेको हुनुपर्छ । त्यति हुर्दा हुदै पनि उमेर अवस्था पनि एउटा महत्वपुर्ण पाटो हो । तर ९५ वर्ष पुरा भैसकेका एक जना जेष्ठ नागरिकको हिम्मतले चिकित्सकहरुलाई पनि जिल खुवाएको छ ।

स्वास्थ्य अवस्था समान्य नै भएपनि हर्नियाको समस्याबाट ग्रसित गुल्मी अर्वेनीका रुक्मागत न्यौपानेले बुटवल हस्पिटल प्रा.लि.मा शल्यक्रिया गरेका छन । उमेर अवस्थाले गर्दा घर परिवारदेखि स्वयंम चिकित्सकहरुले पनि निर्णय लिन नसकिरहेको अवस्थामा बिरामी न्यौपानको हिम्मतको अगाडि उमेर गौढ बनेको छ ।

बुटवल हस्पिटल प्रा.लि.मा न्यौपानको दायां भागमा रहेको हर्नियाको केहिदिन अघि शल्यक्रिया भयो । आजभन्दा ५ वर्ष अघि पनि उनले बुटवल हस्पिटलमै बायां भागको हर्नियाको शल्यक्रिया गरेका थिए । बुटवल हस्पिटल प्रा.लि.का वरिष्ठ सर्जन डा कृष्ण खनाल र डा बृखराज जोशीको टिमले न्यौपानेको सफल शल्यक्रिया गरेको हो ।

शल्यक्रियामा एनेसथेसिया विभागका डा प्रलाद अधिकारी सहितको टिमले साथ दिएको थियो । “उमेर अवस्थाले उहांको शल्यक्रिया गर्ने कि नगर्ने निर्णय लिन निकै धौ धौ परेको थियो तर बिरामीको हिम्मतले हामी सबैलाई गलायो, हामीले बुटवल हस्पिटलमै दुवै हर्नियाको शल्यक्रिया गरेका छौं । उहां पुर्णरुपमा स्वस्थ्य भएर घर फर्किनु भएको छ ।” शल्यक्रियाका सहभागि डा खनालले भने ।

अस्पतालबाट बिदा भएर घर फर्किदा ९५ वर्षीय बुवा रुक्मागदले आफुलाई निकै आराम मिलेको महसुस गर्दै अस्पताल र स्वास्थ्यकर्मीहरुको टोलीलाई भेटेर आर्शिवाद दिदै घर जाएको बुटवल हस्पिटलले जानकारी दिएको छ ।

कतिपय अस्पतालमा उमेर बढि भयो भनेर शल्यक्रिया नगरेको गुनासो परिवारका सदस्यहरुले गरेका थिए । शल्यक्रियापछि शरिरलाई थप आरामी मिलेकोले सजिलै सस्तो मुल्यमा उपचार गर्न पाउदा निकै खुशी लागेको न्यौपानेका छोरा निरञ्जन न्यौपानेले बताए ।

बुटवल हस्पिटलले जटिल तथा निकै महत्वपुर्ण खालका शल्यक्रियाहरु पनि शुरु गरेको छ । उपकरण र चिकित्सकहरुको संयोजनमार्फत हस्पिटलले सबै खालका शल्यक्रियाहरु गर्न थालेको अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ४ : १२ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ