२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न लुम्बिनीमा बिशेष कार्यक्रमः मुख्यमन्त्री आचार्य



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । प्रदेश स्तरीय खाद्य सुरक्षा तथा बहुक्षेत्रिय पोषण बिषयक अनुभव तथा सिकाई आदानप्रदान कार्यक्रमलाई दाङको भालुबाङमा बिहिवार सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न उच्च प्राथमिकतामा राख्दै बिशेष कार्यक्रम लागु गरिएको बताएका हुन् ।

‘प्रदेशमा कुपोषण एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखा परेको छ । पोषणको अवस्थामा सुधार ल्याउन बिशेष कार्यक्रम लागु गरेका छौं,’ मुख्यमन्त्री आचार्यले भने, ‘मातृ शिशु मृत्युदरलाई घटाउछौं । पोषणको अवस्थालाई सुधार गर्छौं । बाल मृत्युदर घटाउछौं । सरकारले यि क्षेत्रमा उपलब्धी हाँसिल गर्नेगरी कार्यक्रम अघि सारेको छ ।’

लुम्बिनी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम लागु गरेको छ । मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषण तथा रक्त अल्पता जस्ता स्वास्थ्य समस्या निराकरण गर्नेगरी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार बिशेष कार्यक्रम लागु गरेको हो । यि कार्यक्रमले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न मद्धत पुग्ने विश्वास गरिएको छ ।
तथ्यांकगत रुपमा देखिएका स्वास्थ्य समस्यालाई निराकरण गर्नेगरी बिशेष कार्यक्रम लागु गरिएको सरकारले जनाएको छ । ‘तथ्यांक हेर्दा हाम्रा सूचकहरु कमजोर छन । यि कमजोर सूचकहरुलाई माथि उठाउनेगरी लक्षित गरेर कार्यक्रम केन्द्रित गरिएको छ । अवको तीन बर्षमा यि सुचकहरुमा सुधार आउनैपर्छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘परम्परागत मुल्यमान्यतालाई पनि सुधार गर्दै सामाजिक जागरण र सशक्तिकरणको अभियान चलाउन जरुरी छ ।’

विभिन्न बहानामा अझैं पनि बालबिवाह हुने गरेको, जसले गर्दा मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषण जस्ता समस्या देखा परेको भन्दै मुख्यमन्त्री आचार्यले सबै पक्ष गम्भिर हुनुपर्ने बेला आएको बताए । ‘बालबिवाह नगर्ने, गरेको खण्डमा कानुनी कारबाही हुने सम्मको व्यवस्था छ । तर, अझैं यो समस्या समाधान हुन सकेको छैन,’ उनले भने, ‘बनेका कानुनको कार्यान्वयन गर्दै सामाजिक जागरण र सचेतना अभिवृद्धिको कार्यक्रम व्यापक बनाउन जरुरी छ ।’

स्वास्थ्य क्षेत्र सुधार गर्न साझा प्रयास र प्रयत्नको खाँचो पर्ने उनको भनाई छ । दातृ निकायसंग साझेदारी गरेर कार्यक्रम अघि बढाउनुपर्ने भन्दै त्यसकालागी लगानी केन्द्रित गर्न उनले आह्वान समेत गरे । प्रदेशका १२ जिल्लालाई आधार मानेर स्वास्थ्य मन्त्रालय मार्फत कार्यक्रम कार्यान्वयनमा लगिएको छ । आरआरएनको आयोजनामा रोल्पाको रुन्टीगढी र त्रिवेणी गाउँपालिका पोषण सुधार परियोजना लागु भएको थियो । जुन परियोजनाले हाँसिकल गरेको अनुभव तथा सिकाई आदानप्रदान गरिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री आचार्यलाई पोषण सुधारकालागि खाद्य तथा पोषण सञ्जालका अध्यक्ष गिता नेपालीले ११ बुदे ज्ञापनपत्र समेत बुझाएकी थिइन् । प्रदेश स्तरीय नीति निर्माण, पोषण शिक्षा तथा पुर्नस्थापना कार्यक्रम लागु गर्नुपर्ने लगायतका माग समेटिएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ५ : ०० बजे

कोहलपुरबाट ठूलो परिमाणमा अफिम बरामद, २ जना पक्राउ

नेपालगन्ज । बाँकेको कोहलपुर क्षेत्रबाट ठूलो परिमाणको अफिमसहित दुई जनालाई

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले

प्रतिनिधिसभा बैठक अपराह्न २ बजेका लागि तोकियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारामाथि शंकर पोखरेलको प्रहार

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्रीमा सुधन गुरुङको