१० श्रावण २०८३, आइतबार | July 27, 2026

कैलालीको मोहन्याल गाउँपालिका-३ का वडाध्यक्ष गिरीको निधन



कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष नन्दाराम गिरीको ३५ वर्षको उमेरमा निधन भएको छ । दुई वर्षदेखि मुखको क्यान्सर रोगबाट ग्रसित वडाध्यक्ष गिरीको उपचारका क्रममा आज दिउँसो दोदोधरा अस्पताल बौनियामा निधन भएको हो ।

उहाँ वडा नं ३ को अध्यक्षमा विसं २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनका श्रीमतीसहित दुई छोरा र एक छोरी छन् ।

नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्यसमेत रहेका गिरीको भोलि शनिबार फलेबिसौनामा अन्त्येष्टि गरिने नेपाली कांग्रेस कैलालीका नेता देवानन्द जैशीले जानकारी दिए ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ९ : ४३ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले