२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

कोरोना संक्रमणबाट २४ घण्टामा ७ जनाको मृत्यु, हालसम्म १६४ जनाले ज्यान गुमाए



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पछिल्लो अपडेट अनुसार काठमाडौंमा तीन जनाको मृत्यु भएको छ । जसमध्ये एक जना महिला र दुई जना पुरुष रहेका छन् ।

७१ वर्षीय महिला एवं ७४ र ६६ वर्षीय पुरुषको काठमाडौंभित्र मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।
यसैगरी रुपन्देहीमा ५३ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

यस्तै, सिराहामा २२ वर्षीय युवाको ज्यान गएको छ भने पर्साका ६७ वर्षीय पुरुष र धनुषाका ७६ वर्षीय पुरुषको पनि मृत्यु भएको गौतमले जानकारी दिए ।

यससँगै स्वास्थ्य मन्त्रालयको आधिकारिक तथ्यांक अनुसार देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ४ : ४३ बजे

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार

सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो

बुटवल । यातायात क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तिहरुले सहजरुपमा यातायात व्यवसाय

भारतबाट नेपाल आएर जुवा (सट्टेबाजी) खेलाउने १३ जना प्रहरीबाट सार्वजनिक(नामसहित)

बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनको लागि कार्यदल गठन

बुटवल । बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको