२५ भदौ २०८३, बिहिबार | September 11, 2026

पत्रकार महासंघ बाँकेमा गठबन्धन बिरुद्धको उम्मेदवारी, अध्यक्षमा ५ जना उम्मेदवार



नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके जिल्ला शाखाको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबारका लागि तोकिएको निर्वाचनका लागि बाँके जिल्ला शाखाको अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी दर्ता भएको हो ।

उम्मेदवारी दर्ता गराउनेमा नेपाल प्रेस युनियन र प्रेस चौतारीको साझा उम्मेदवारको रुपमा नविन गिरीले उम्मेदवारी दर्ता गराएका छन् भने विपक्षी गठबन्धन निकटका प्रेस सेन्टर सहितको गठबन्धनबाट प्रदीप वाग्लेको उम्मेदवारी दर्ता भएको छ । युनियन र चौतारीको उम्मेदवार छनोटमा आन्तरिक विवाद बढेपछि दुबै समूहबाट बिद्रोही उम्मेदवारका रुपमा उम्मेदवारी परेको छ । चौतारीबाट असन्तुष्ट रुपा गहतराज र विश्वराज पछल्डङ्याको अध्यक्ष पदमा उम्मेदवारी परेको छ भने युनियनबाट राकेश मित्रले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

बाँके शाखाको उपाध्यक्ष (खुल्ला) मा युनियन चौतारीबाट रेजिना मल्ल र प्रगतिशिल गठबन्धनबाट तिलक गाउँलेले उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष महिलातर्फ करुणा शाह, र कल्पना शाही ‘प्रिया’को उम्मेदवारी दर्ता भएको छ। महिला उपाध्यक्षमा सावित्री गिरीले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

सचिव पदका शकील अहमद कादरी र कृष्ण बहादुर ओलीको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा सुनिल रेग्मी, चन्द्र बोहरा र विजय मल्लको उम्मेदवारी परेकोछ । सह–सचिव (खुल्ला)मा रविन्द्र सिंह ठकुरी, डिल्ली शाही र अमृता जैशी (निशु जोशी)को उम्मेदवारी दर्ता भएको छ । सहसचिव (समावेशी)मा तिलक बहादुर नेपाली, भगतराम थारु र गुरु मुरत यादवको, सदस्य महिलामा रजनी कुमारी योगी र सविता चन्द, सदस्य दलितमा आशा परियार र शान्ति परियार, सदस्य जनजातीमा राजकुमार चौधरी र निर्मला चौधरी, सदस्य मधेशीमा यदुराज मिश्र र दिनेशकुमार श्रीवास्तव तथा सदस्य अन्य समावेशीमा समिर अलि बेहना र सलामत अली शेषले उम्मेदवारी दिएका छन् ।

८ जना रहने सदस्य खुल्लातर्फ सजन कुमार आरसी, सिवेदन्द्र भण्डारी, अजमत अलि सिद्दिकी, धना विष्ट केसी, पहलबहादुर केसी, सिता ओली, पुष्पराज हमाल, शम्भुप्रसाद थारु, निरज सिंह, जयन्ती आउजी, कृष्णराज अधिकारी, रविन्द्र घिमिरे, समीरमान श्रेष्ठ र सावित्री विश्वकर्माले उम्मेदवारी दर्ता गराएको निर्वाचन समिति संयोजक शरण कर्माचार्यले जानकारी दिए ।

यस्तै, ५ जना केन्द्रिय परिषद् सदस्यका लागि १० जनाको उम्मेदवारी परेको छ । जसमा विष्णु प्रसाद बेल्बासे, कुमार श्रेष्ठ राजकुमार, खम्ब प्रसाद पुन, प्रेमबहादुर केसी, विनोद पौडेल, शुशिल कुमार लामिछाने, शिवकुमार सुनार, सिराजुद्दिन खान (सिराज), लोकनाथ शर्मा र जयसिंह केसीको उम्मेदवारी दर्ता भएको छ ।

प्रदेश सभासदका १७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । दर्ता भएका उम्मेदवारहरुका सम्बन्धमा दाबि बिरोध र छानवीनको क्रम बाँकी रहेकाले अन्तिम नामावली पछि मात्र परिणामको निर्णय हुने निर्वाचन अधिकृत केशव कोइरालाले बताए । प्रदेशमा उम्मेदवारी दिनेहरुमा जयपति ढकाल, हरि ज्ञवाली, पवित्रा परियार, टेकेन्द्र बस्याल, संगिन शर्मा, हरिशरण अधिकारी, रबि रोकाय, क्षितिजा जिएम, दिनेश ठाकुर, दिलबहादुर (प्रियास्मृती) ढकाल, गौरव गिरी, निशा शाह, अर्जुन ओली, मधु पौडेल, कमल खत्री केसी, मोहम्मद अरसद राई र निरज गौतम रहेकाछन् ।

महासंघको निर्वाचन कार्यक्रम अन्तर्गत शुक्रबार मतदान हुनेछ । नेपाल पत्रकार महासंघ बाँके जिल्ला शाखाको २० सदस्यीय समिति चयनका लागि निर्वाचन हुँदैछ । ३ वर्षे कार्यकालका लागि दुई सय ४२ जना मतदाताले मतदान गर्नेछन् ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ९ : ३२ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ