८ माघ २०८२, बिहिबार | January 22, 2026

मगर समुदायको पितृपूजा सम्पन्न



बुटवल । बुटवलको दीपनगर स्थित बाजेबजै स्थानमा मगर समुदायले आफ्ना पितृहरूको पूजा सम्पन्न गरेका छन् । नेपाल मगर संघ बुटवल उपमहानगर समितिको अगुवाइमा यस वर्षको पितृ पूजा गरिएको हो ।

पितृ पूजाको अवसरमा आयोजित विशेष समारोहमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मगर समुदाय सांस्कृतिक र भाषिक रूपमा समृद्ध समुदाय रहेको बताउँदै यसलाई संरक्षण र प्रवद्र्धन आवश्यक रहेको बताए । सो अवसरमा उनले मगर समुदायको भाषा संरक्षणको लागि बुटवल उपमहानगरले मगर भाषामा नागरिक वडापत्र राखेर सुरुवात गरेको समेत बताए ।

बुटवलमा बसोबास रहेका हरेक समुदायको भाषा र संस्कार, संस्कृतिलाई बचाउन नगरपालिकाले कन्जुस्याई नगर्ने उनले प्रतिबद्धता जनाए । नगर प्रमुख पाण्डेयले मगर समुदाय सांस्कृतिक र भाषिक रुपमा समृद्ध समुदाय रहेको बताउँदै यसलाई संरक्षण र प्रवर्द्धनका लागि आवश्यक रहेकोमा र आफ्नो सस्कार सस्कृति रिती रिवाज आफ्ना छोराछोरीलाई पनि सिकाउनु पर्नेमा जोड दिए।

नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष बसन्ती साठिघरे मगर, नेपाल मगर संघका केन्द्रीय उपमहासचिव कमला थापामगर, नेपाल मगर संघ जिल्ला समिति रूपन्देहीका अध्यक्ष प्रेम थापामगर लगायतले बोलेका थिए । कार्यक्रम संघका बुटवल नगर उपाध्यक्ष लुम बहादुर सारु, सचिव हेमन्त बुढाथोकी लगायतले बोलेका थिए । मगर समुदायले हरेक वर्ष मंसिर अन्तिम शुक्ल पूर्णिमाको दिन मगरहरूले आफ्ना पितृहरूको स्मरण गर्दै बाजेबजैलाई पूजाआजा गर्ने प्रचलन रहेको छ ।

कार्यक्रममा मगर संस्कृति झल्कने नृत्यहरु प्रदर्शन गरिनुका साथै खेलाडीलाइ सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ९ : २१ बजे

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको

फागुनको पहिलो साताभित्र सम्पूर्ण स्थानमा मतपत्र पुग्ने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको

दाङको ‘तुई’ उपत्यकामा मानव इतिहास खोजिँदै, भेटिए भाँडाका टुक्रा

दाङ । चुरे क्षेत्रकोबीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका । लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको

नेपाली काँग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै निर्वाचनमा जाने तयारी

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति गगन थापालाई आगामी प्रतिनिधिसभा