२७ मंसिर २०८२, शनिबार | December 13, 2025

चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स क्लालिफायर टुमा प्रवेश



काठमाडौं । कर्णाली याक्स चितवन राइनोजलाई पराजित गर्दै एनपीएलको क्वालिफायर टु मा पुगेको छ ।

त्रिवि क्रिकेट मैदानमा आज भएको एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गरेसँगै क्वालिफायर टुमा प्रवेश गरेको हो ।

१७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा १५४ रन मात्र बनाउन सक्यो । अब कर्णालीले क्वालिफायर वान को पारजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ ।

चितवनका लागि रवि बोपाराले ३४ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा ५३ रन बनाउन सके । कप्तान कुशल मल्लले २१ रन बनाए ।

कर्णालीका जिशान मकसुदले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान २÷२ विकेट लिए । विपिन प्रसाद शर्माले १ विकेट लिए ।

त्यसअघि जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतकको मद्दतमा कर्णालीले ६ विकेट गुमाएर १७५ रन बनाएको थियो ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १२ : ५१ बजे

११ औ महाधिवेशनमा एमाले अध्यक्षले के के भने ? (पूर्णपाठ)

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनिर्वाचित सत्ता

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव : छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ

१०८ महाधिवेशन प्रतिनिधिको सूचीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको असहमति

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एकलौटी माहाधिवेशन प्रतिनिधि मनोनित

रिमोट थिचेर झण्डा फहराउँदै अध्यक्ष ओलीले गरे एमालेको महाधिवेशन उद्घाटन

काठमाडौँ । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन

‘अन्तरराष्ट्रिय लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र