१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बाराका दुई संक्रमितको वीरगन्जमा मृत्यु, कैलालीका एक संक्रमितको सेती अस्पतालमा गयो ज्यान



वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालअन्तर्गतको वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा उपचार गराइरहेका बाराको कलैया उपमहानगरपालिका–१ निवासी ७० वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

गत भदौ २ गते भर्ना भएका ७० वर्षीय पुरषको मंगलबार राति ८ बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । ती वृद्धलाई श्वासप्रश्वास, निमोनिया र उच्च रक्तचापलगायतको समस्या देखिएको थियो ।

यस्तै, छतवाका मृगौला पीडित ४२ वर्षीय पुरुषको पनि मंगलबार राति पौने ११ बजे मुत्यु भएको हो । उनी मंगलबार मात्रै अस्पतालमा भर्ना भएका थिए ।

यसैगरी कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं. ११ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

धनगढीको निसर्ग अस्पतालको आइसियूमा उपचार गराइरहेका ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार साँझ उनलाई प्रादेशिक अस्पतालमा सारिएको थियो ।

यससँगै सुदुरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संखया १४ पुगेको छ ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  १० : ३९ बजे

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते

गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी