१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बाँकेमा थपिए एकै दिन ६७ नयाँ कोरोना संक्रमित; कोहलपुरमा ५१, नेपालगन्जमा १५ जना



नेपालगन्ज । बाँकेमा एकै दिनमा ६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमित मध्य ५१ जना कोहलपुरका मात्र छन् भने १५ जना नेपालगन्ज उपमहानगरका हुन् ।

१ जना बैजनाथ गाँउपालिकाका स्थानीयमा पनि संक्रमण पुष्टि भएको छ । जिल्लामा एकै दिनमा ६७ संक्रमित थपिएको बांकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पुष्टि गरे ।

भेरी अस्पतालको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा बर्दिया बाँसगढीका एकजनामा पनि संक्रमण पुष्टि भएको छ ।

बिगत केहिदिनमा संक्रमतिहरु थपिने क्रम घटेको र डिस्चार्ज हुनेको संख्या बढेको देखिएपनि बुधबार ६७ जना संक्रमित थपिँदा ६ जनाको मात्र डिस्चार्ज भएको छ ।

बाँकेमा आज थपिएसँगै संक्रमितको संख्या ९११ पुगेको छ भने ६६६ जना कोरोना मुक्त भएर घर फर्केका छन् । बाँकेमा बुधबार १ जनाको मृत्यु भएको समेत गरि ५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  २ : ४७ बजे

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी

लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा वृक्षरोपण

बुटवल । लायन्स क्लब अफ बुटवल सयपत्रीले सामाजिक उत्तरदायित्वका अभियान

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

भद्रपुर । घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका-१० चानेमा गएको पहिरोका कारण पाँच