१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित



काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना पराजित भएको छ । बार्सिलोना आइतबार बिहान राति एट्लेटिको म्याड्रिडसँग २-१ गोलले पराजित भएको हो ।

१-० ले पछि परेको स्थितिमा कमब्याक गर्दै एट्लेटिकोले बार्सिलोनालाई हराएको थियो । एट्लेटिकोका लागि डि पाउलले ६० र सोइरलोथले इन्ज्युरी समयको ६ मिनेटमा गोल गरेका थिए ।

पेड्रीको गोलबाट खेल सुरू भएको ३० औं मिनेटमा बार्सिलोनाले अग्रता लिएको थियो । तर, त्यो अग्रतालाई ६० मिनेटमा एट्लेटिकोले बराबरीमा ल्याएको थियो ।

यो जितसँगै १८ खेलमा ४१ अंकसहित एटलेटिको लिगाको शीर्ष स्थानमा रहेको छ । बार्सिलोना १९ खेलमा ३८ अंकसहित दोस्रो र एक खेल कम खेलेको रियल म्याड्रिड ३७ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ७ : ३८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले