१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

२४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ९ पुरुष गरी ११ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार महोत्तरीमा सबैभन्दा धेरै ३ जना पुरुषको मृत्यु भएको छ । उनीहरु ६०, ७२ र ७५ वर्षका रहेका थिए ।

यस्तै, कैलालीमा ४५ र ५० वर्षका दुई जना पुरुषको मृत्यु भएको छ । यसैगरी बारामा ४१ र ४६ वर्षका दुई पुरुषको मृत्यु भएको छ ।

यसैगरी मोरङका ४५ वर्षीया र भक्तपुरका ५१ वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको डा. गौतमले जानकारी दिएका छन् ।

यस्तै, बाँकेका ३७ वर्षीय एक पुरुष र काठमाडौंका ५१ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टाभित्र मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।

 

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ४ : ४३ बजे

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका-१० चानेमा गएको पहिरोका कारण पाँच

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । आज बिहानका

काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए

झापा । नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक