२५ भदौ २०८३, बिहिबार | September 11, 2026

सिद्धबाबा सुरुङमार्गको तीनवटै बाइपास ‘ब्रेक थ्रु’



बुटवल । पहिलो र तेस्रो बाइपास ब्रेक थ्रू भएसकेको सिद्धबाबा सुरुङमार्गको तीनवटै बाइपास ‘ब्रेक थ्रु’ भएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक अन्तरगत निर्माणाधीन सुरुङमार्गको दोस्रो बाइपास छिचोलिएसँगै तीनवटै बाइपास ‘ब्रेक थ्रु’ भएको हो ।

१५१ मिटर लम्बाइ रहेको पहिलो बाइपास गत असोज ४ गते छिचोलिएको थियो भने १३० मिटरको तेस्रो बाइपास पनि गत असोज २६ गते ब्रेक थ्रू भएको थियो । पछिल्लो बाँकी १६१ मिटरको दोस्रो बाइपास आइतबार छिचोलिएको सिद्धबाबा सुरूङमार्ग योजनाले जनाएको छ ।

सिद्धबाबा सुरूङमार्ग योजनाका अनुसार मूल टनेल पनि अब छिट्टै ब्रेक थ्रू गरिने छ । कुल १ हजार १२६ मिटर लामो सुरुङमार्गको ब्रेक थ्रू गर्ने तयारी अन्तिम चरणमा पुगेको आयोजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए ।

सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग एक वर्षअघि ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

विष्णु पौडेलको अघिल्लो अर्थमन्त्री रहँदाको कार्यकालमा २०७७ मंसिरमा सुरुङमार्गका लागि १० अर्ब १५ करोड रुपैयाँको बजेट स्रोत सुनिश्चित गरेको थियो ।

हाल बुटवल(पाल्पा खण्डको तिनाउ गाउँपालिका(२, सिद्धबाबा मन्दिरदेखि पाल्पातर्फ १ हजार १२६ मिटर दूरीमा सुरुङ मार्ग बनाउन रामापिथेकस पार्क तथा तिनाउ जलविद्युतको ड्याम माथिबाट डाइभर्सन, साइट क्लियरेन्स, गुणस्तर मापनका लागि ल्याब स्थापना, क्रसर प्लान्ट लगायतका पूर्वतयारीका कामहरू भइरहेका छन् ।

सुरुङ मार्ग निर्माण शुरु गर्नु अगाडि बुटवल र पाल्पा दुवैतर्फको जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायतका प्रविधिमार्फत साढे ३ किलोमिटर सडकलाई सुरक्षित बनाउने काम भइसकेको छ ।

सिद्धबाबा क्षेत्रको तीन किलोमिटर क्षेत्रमा बर्सेनि माथिबाट पहिरो र ढुंगा खसेर हुने दुर्घटनाले जनधनको क्षति हुने गरेपछि सो क्षेत्रमा सुरुङमार्गको परिकल्पना गरिएको थियो ।

पछिल्लो १० वर्षमा यही क्षेत्रमा पहिरोमा परेर करिब ७० जनाले ज्यान गुमाएका छन् । १० वर्षको अवधिमा यहाँ १८ वटा बस, ७ वटा ट्रक, कार जीप ९ वटा र १९ वटा मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ११ : ३८ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ