२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

गर्भवती महिलासहित थप ५ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ ।

बिहीबार बिहानैदेखि मृत्युको संख्या बढिरहेको खबर सार्वजनिक भएका हुन् । मृत्यु हुनेमा गर्भवती महिला समेत रहेका छन् ।

पछिल्लो रिपोर्ट अनुसार ललितपुरको किस्ट अस्पतालमा उपचाररत अर्घाखाँची घर भएका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गत भदौ ७ गते भर्ना भएका ५५ वर्षीय पुरुषलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषको छातीमा संक्रमण र निमोनिया देखिएको अस्पतालले जनाएको छ । भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दा उनको मृत्यु भएको छ ।

यस्तै, वीरगञ्जस्थित नारायणी अस्पतालमा बिहीबार बारा घर भएकी २३ वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ। ३३ हप्ताकी गर्भवती ती महिलाको बिहीबार बिहान बिहान ६ बजे मृत्यु भएको हो ।

यसैगरी ललितपुरस्थित पाटन अस्पतालमा पनि बिहीबार बिहानै ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । आईसीयूमा उपचाररत उनको बिहान ६ बजेतिर मृत्यु भएको हो ।

यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका वडा नं. ११ की ३२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा उपचाररत ती महिलाको बिहीबार बिहान ८ बजे मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भदौ ७ गते अस्पतालमा भर्ना गरिएको थियो ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा कपिलवस्तु नगरपालिका १ का ५० बर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।

यससँगै नेपालमा मृत्यु हुनेको संख्या १८० पुगेको छ ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  १० : २७ बजे

नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको