१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

रुपन्देहीमा थप १ जना कोरोना संक्रमितको मृत्यु, तिलोत्तमा जानकीनगरकी ७० वर्षीया महिलाको गयो ज्यान



बुटवल । बुटवल स्थित कोरोना बिशेष अस्पतालमा कपिलवस्तुका १ जना संक्रमितको मृत्यु भएको २४ घण्टा नबित्दै अर्का संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालले जनाए अनुसार रुपन्देही तिलोत्तमा जानकीनगरकी ७० बर्षिया महिलाको कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

थाईराइड र हाई ब्लड प्रेसरको समेत बिरामी रहेका संत्रमितको बिहिबार बिहान १०ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमले बताए ।

साउन २६ मा संक्रमण पुष्टि भएकी उनको सुरुमा घरमा आइसोलेशनमै बसेर उपचार भएपनि स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि साउन ३१ गते धागो कारखानास्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो।

कोरोना बिशेष अस्पतालको पहिलो प्रयाृगकारुपमा उनलाई प्लाज्मा थेरापीको माध्यमबाट चिकित्सकहरुले उपचार थालेका थिए । पहिलो पटक प्लाज्मा दिएर बुधबारसम्म सुधार भइरहेकोमा रातीदेखि स्वास्थ्य अवस्था बिग्रेको थियो। उनलाई बिहीबार थप प्लाज्मा दिने तयारी भईरहेको अवस्थामा उनको मृत्यु भएको डा. गौतमले बताए ।

उनलाई ४ दिनअघिदेखि भेन्टिलेटरमा राखेर उपचार जारी थियो।

तिलोत्तमामा कोरोना संक्रमणबाट भएको यो पहिलो मृत्यु हो भने रुपन्देहीमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ११ : १२ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला