१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बंगलादेशमा शेख हसिनासहित ११ जनाबिरुद्द अर्को पक्राउ पुर्जी जारी



ढाका । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले बंगलादेशकी निर्वासित पुर्व प्रधानमन्त्री शेख हसिनासहित ११ जना बिरूद्द पक्राउ पुर्जी जारी गरेको छ ।

हसिनासहित उनका पूर्व रक्षा सल्लाहकार मेजर जनरल (रिटायर्ड) तारिक अहमद सिद्दिकी र पूर्व प्रहरी महानिरीक्षक बेनजिर अहमदलगायत ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

ढाका ट्रिब्युनका अनुसार विगत १५ वर्षमा ब‌‌गलादेशमा भएका जबर्जस्ती बेपत्ता र गैरन्यायिक हत्याको आरोपमा उक्त पक्राउ पुर्जी जारी गरिएको हो।

मुख्य अभियोजक मोहम्मद ताजुल इस्लामको निवेदनमा न्यायाधीश मोहम्मद गुलाम मोर्तुजा मोजुमदारको नेतृत्वमा रहेको न्यायाधिकरणले यस्तो आदेश दिएको हो । आईसीटीले पक्राउ परेकाहरुलाई फ्रेबुअरी १२ भित्र  पेश गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

साथै, न्यायाधिकरणले अन्य मुद्दामा हाल थुनामा रहेका मेजर जनरल (बरखास्त) जियाउल अहसानलाई पनि पक्राउ गरी सोही मितिमा हाजिर गर्न आदेश दिएको छ। जबर्जस्ती बेपत्ता पारिएका पीडित र उनीहरूका परिवारहरू न्यायाधिकरणमा उपस्थित थिए।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ३ : ११ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा