१० असार २०८३, बुधबार | June 24, 2026

बंगलादेशमा शेख हसिनासहित ११ जनाबिरुद्द अर्को पक्राउ पुर्जी जारी



ढाका । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले बंगलादेशकी निर्वासित पुर्व प्रधानमन्त्री शेख हसिनासहित ११ जना बिरूद्द पक्राउ पुर्जी जारी गरेको छ ।

हसिनासहित उनका पूर्व रक्षा सल्लाहकार मेजर जनरल (रिटायर्ड) तारिक अहमद सिद्दिकी र पूर्व प्रहरी महानिरीक्षक बेनजिर अहमदलगायत ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

ढाका ट्रिब्युनका अनुसार विगत १५ वर्षमा ब‌‌गलादेशमा भएका जबर्जस्ती बेपत्ता र गैरन्यायिक हत्याको आरोपमा उक्त पक्राउ पुर्जी जारी गरिएको हो।

मुख्य अभियोजक मोहम्मद ताजुल इस्लामको निवेदनमा न्यायाधीश मोहम्मद गुलाम मोर्तुजा मोजुमदारको नेतृत्वमा रहेको न्यायाधिकरणले यस्तो आदेश दिएको हो । आईसीटीले पक्राउ परेकाहरुलाई फ्रेबुअरी १२ भित्र  पेश गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

साथै, न्यायाधिकरणले अन्य मुद्दामा हाल थुनामा रहेका मेजर जनरल (बरखास्त) जियाउल अहसानलाई पनि पक्राउ गरी सोही मितिमा हाजिर गर्न आदेश दिएको छ। जबर्जस्ती बेपत्ता पारिएका पीडित र उनीहरूका परिवारहरू न्यायाधिकरणमा उपस्थित थिए।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ३ : ११ बजे

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको