२० मंसिर २०८२, शनिबार | December 7, 2025

बुटवलको मजुवामा जलेर मृत्यु भएको अवस्थामा नवजात शिशुको शव फेला



बुटवल । बुटवल उपमहानगरपालिका–११ मा जलेर मृत्यु भएको अवस्थामा नवजात शिशु फेला परेको छ । मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा जलेर मृत्यु भएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

मृत अवस्थामा फेला परेकी मृत नवजात शिशु महिना पुगेर जन्माएर फालेको प्रहरीले अनुमान गरेको छ । ‘शिशु पुरा महिना पुगेर नै जन्मिएको जस्तो देखिन्छ । डीएसपी पण्डितले भने, राम्रै अवस्थामा जन्मिएकी शिशुलाई ५र७ दिन अघि फोहोरमा फालेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।’

उनका अनुसार फोहोरको डम्पिङ्ग साइटमा शिशु जलेको अवस्थामा रहेको स्थानीयले खबर गरेपछि प्रहरी पुगेर शव बरामद गरेको थियो । मृत शिशुलाई अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटना बारेमा थप अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १ : १९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल