३ चैत्र २०८२, मंगलबार | March 18, 2026

धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती



काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा मङ्गलबार रातभर गरिएको धनुर्मास पूजापछि बुधबार दिनभर बन्द रहेको मन्दिर बेलुकी आरतीका लागि खुला गरिएको छ ।

मङ्गलबार रातभर धनुर्मास पूजा गरेपछि आज बिहान दर्शनका लागि आएका भक्तजनलाई दर्शन गर्न दिएपछि अपराह्नपछि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ ।

बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ । परम्पराअनुसार मङ्गलबार राति १२ बजेदेखि बुधबार बिहानसम्म धनुर्मास पूजा गरिएको कोषका सदस्य सचिव मिलनकुमार थापाले जानकारी दिए ।

धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइएको थियो । मङ्गलबार रातभर धनुर्मास पूजा गरेपछि आज पशुपतिनाथलाई उपवास राख्ने गरिएको छ । आज मध्याह्न १२ बजेदेखि बन्द गरिएको मन्दिर अहिले बेलुकीदेखि भने भक्तजनका लागि खुला गरिएको उनले सुनाए ।

आज मध्याह्न १२ बजेसम्म भने टाढा टाढाबाट पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई दर्शन गर्न दिने उद्देश्यले मन्दिर खुला राखिएको कोषका संस्कृति महाशाखा प्रमुख ईश्वर भण्डारीले बताए । टाढा टाढाबाट आउने भक्तजनका लागि मध्याह्न १२ बजेसम्म दर्शन गर्न दिने परम्परा पनि गत वर्षदेखि मात्र सुरू भएको हो । त्यसअघि भने बिहान धनुर्मास पूजा सकेपछिदेखि नै पशुपतिनाथ मन्दिर बेलुकीसम्म बन्द गरिन्थ्यो ।

उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्ने धार्मिक विश्वाससमेत पशुपति क्षेत्रमा रहेको छ । यसै विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइएको थियो । बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर भगवान् फर्केको विश्वासमा आरती गरिएको हो । बिहीबार बिहानदेखि भने नियमित एवं विशेष पूजा आराधना गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ९ : २७ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड