२५ भदौ २०८३, बिहिबार | September 10, 2026

रुपन्देही परिवहन प्रालिमा नयाँ नेतृत्व चयन



बुटवल । रुपन्देही परिवहन प्रा.लि, बुटवलको नवनिर्वाचित सञ्चालक समितिले एक समारोहकावीच पदभार ग्रहण तथा सपथ लिएको छ ।

बुटवलको नमुना ढुवानीग्राम निमार्ण तथा सञ्चालनका लागि स्थापित परिवहनको सम्पन्न दोस्रो अधिवेशनबाट सर्वसम्मत निर्वाचित सञ्चालक समितिलाई निर्वाचन समितिका संयोजक लोकराज पोखरेले पदभार ग्रहण गराउदै प्रमाणपत्र वितरण गरेका थिए ।

अधिवेशनले परिवहनको ७ सदस्यि सञ्चालन समितिमा कमल घिमिरे, माधव नेपाल, कलमराज ढुङ्गाना, बाबुराम महत, विकास आचार्य, झविन्द्र थापा र श्यामराज हमाललाई निर्वाचित गरेको छ ।

प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै निर्वाचन समितिका संयोजक लोकराज पोखरेलले ढुवानी क्षेत्रको व्यवस्थापनका लागि थालिएको ट्रान्सर्पाट नगरको कामलाई व्यवस्थित बनाउदै ढुवानी व्यवसायका समस्या समाधानका लागि गम्भिर भएर काम गर्न नया समितिलाई सुझाव दिए ।

कार्यक्रममा नव निर्वाचित सञ्चालक समितिको तर्फबाट सञ्चालक समितिका अध्यक्ष कमल घिमिरेले ढुवानी ग्रामको निमार्णको काम अझै पुरा नभएको बताउदै त्यसलाई पुरा गर्ने दायित्व नयाँ समितिमा आएको हुदा सबैबाट सहयोगको अपेक्षा व्यक्त गरे ।

ढुवानी व्यवसायी समिति, रुपन्देहीका अध्यक्ष जित बहादुर भाटले ढुवानी व्यवसायमा पछिल्ला दिनमा देखिएको समस्याले व्यवसाय पलायनको अवस्था आएको बताउदै व्यवसायीक एकतामा जोड दिए ।

परिवहनका निर्वतमान प्रवन्धक विष्णु गैरेले परिवहनका अगाडी धेरै चुनौतिहरुको रहेको उल्लेख गर्दै नयाँ नेतृत्वले पुराना अधुरा काम पुरा गर्न ध्यान दिने विश्वास व्यक्त गरे ।

कार्यक्रम निर्वाचन समितिका संयोजक लोकराज पोखरेलको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  २ : ०० बजे

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार