१४ बैशाख २०८३, सोमबार | April 28, 2026

सबै समुदायका परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्छ : माधव नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै जाति तथा समुदायको संस्कृतिले समग्र नेपालीलाई सांस्कृतिक रूपमा एकताबद्व बनाउन सहयोग पुर्याएको बताएका छ्न ।

माघे सङ्क्रान्ति एवं माघी पर्वको शुभकामना सन्देशमा उनले फरक जातजाति, भाषाभाषी मिलेर बनेको मुलुकमा विविधतामा एकता हुनु जरुरी रहेको बताए। अध्यक्ष नेपालले थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाएर नयाँ आर्थिक कारोबार सुरु गर्ने जनाउँदै मगर समुदायलगायतले माघे सङ्क्रान्तिका रूपमा पवित्र नदीमा स्नान गरी मन्दिरमा पूजाअर्चना गर्ने परम्परा रहिआएको मौलिक संस्कृतिको संरक्षणबाट नेपाल विश्वमा नै विविधतामा एकता भएको देशका रूपमा परिचित रहेको विचार व्यक्त गरे ।

देश–विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, दीर्घायु तथा सुख शान्तिको कामना गर्दै उनले शुभकामना सन्देशमा देशमा सबै जातजाति वेशभूषाको पहिचानलाई राज्यले समानता प्रदान गर्नुपर्ने उल्लेख गरे ।

अध्यक्ष नेपालले लड्डु, घ्यू, चाकु, तरुल तथा खिचडीलगायत परिकार खाई परिवारसँग रमाइलो गर्ने प्रचलन रहेको यस पर्वले सबै समुदायमा उमङ्ग र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले सन्देशमा राज्यले विविधताको संरक्षण गरी सबै समुदायका परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिँदै समुदायका ऐतिहासिक सम्पदा संरक्षणमा सबै एकजुट हुनुपर्ने बताए ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ९ : ४८ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११