१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

टुँडिखेलमा मगर र थारु समुदायको माघी कार्यक्रम



काठमाडौं । नेपालका आदिवासी जनजाति मगर र थारु समुदायले आज राजधानीको टुँडिखेलमा ‘माघे सङ्क्रान्ती’÷माघी महोत्सव र साँस्कृतिक कार्यक्रम भव्यताका साथ मनाएका छन् । महोत्सवमा दुवै समुदायले आ–आफ्ना रहनसहन, वेशभूषा र जातीय पहिचान झल्कने साँस्कृतिक झाँकीसहित गीतसङ्गीत प्रस्तुत गरेका थिए ।

नेपाल मगर सङ्घद्वारा आयोजित ‘प्रमुख राष्ट्रिय सांस्कृतिक पर्व माघे सङ्क्रान्ती–२०८१’ कार्यक्रममा मगर समुदायको पहिचान झल्कने घुमाउने घर र सो समुदायले प्रयोग गर्दै आएका कृषि औजारलगायत मौलिक र सांस्कृतिक रहनसहन वेशभूषा प्रदर्शनमा राखिएको थिए ।

सो अवसरमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेमश गुरुङले राजनीतिक, सामाजिक, भाषिक र सांस्कृतिक अधिकार प्राप्त गर्न मगर समुदाय एकताबद्ध भएर लाग्नुपर्ने बताए । सङ्घका सल्लाहकार एवं संविधानसभा सदस्य अमरसिंह पुनले राणा र राजतन्त्रविरुद्ध एकताबद्ध भएर लडेका राजनीतिक दल र नेतृत्वले मुलुकको समृद्धिका निमित्त सामूहिक तथा एकताबद्ध भएर पहल गर्नुपर्नेमा जोड दिए ।

स्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले सांस्कृतिकरुपमा धनी मगर समुदायले संस्कृति संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणमा ध्यान दिनुपर्ने बताए ।

यस्तै थारु कल्याणकारीसभाले आयोजना गरेको ‘थारु राष्ट्रिय माघी महोत्सव तथा सांस्कृतिक कार्यक्रम’मा थारु महिला लेहेङ्गा, चोली, कन्सेरी, झुम्का, बुँलाकी, पगिया र कारालगायत मौलिक पोसाक तथा गहनामा सजिएका थिए । थारु समुदायका कलाकारले झुमरा, मघौटा, धुमरु, डम्फु, छलिया र छोक्रा नाच प्रस्तुत गरेका थिए ।

ढिक्री, अनदीको भात, मुरही, बरिया, घुँगी, गङ्गटा, सिपी, मुसाको चटनी, परेवाको सुपलगायत स्थानीय परिकार बिक्रीमा राखिएको छ । महोत्सवमा एक सयभन्दा बढी स्थानीय खानाका ‘स्टल’ राखिएका छन् ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ८ : २३ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज