१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

कोरोना भाइरसबाट कसरी मानसिक रुपमा स्वस्थ रहने ?



कोरोना भाइरसको विश्वव्यापी महामारीले विश्व नै संवेदनशील तथा चिन्तित बनेको छ । हाम्रो जस्तो देश जो एक हदसम्म रेमिट्यान्सले धानिएको छ ।

देश आत्मनिर्भर छैन, राष्ट्रिय आयस्रोत कमि छ । भएका उद्योग व्यपार व्यवसाय कलकारखान पनि बन्द छन्। कोरोनाकै कारण रोजगारी गुमिरहेको छ । दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने वर्ग र उद्योग कलकारखानमा काम गर्ने मजदुरलाई बिहान बेलुका छाक टार्न समेत गाह्रो पर्न थालेको छ । कोरोनाको प्रभाव उद्योगी व्यवसायी शैक्षिक संघ संथा सरकारका विभिन्न निकायहरुलाई परेको छ।

लाखौको संख्यामा विदेशमा रहेका नेपाली दाजुभाइहरु घर फर्कन आतुर छन् । उनीहरुका घरपरिवारका सदस्य तनावमा छन् भने यता दैनिक खाद्यवस्तु र तरकारीको भाउ बढेको बढ्यै छ। उता दैनिक पाँच छ सयको संख्यामा कोरोना पोजेटिभ को संख्या देखिएको छ भने औषत मृत्यु पाँच सात जनाको मृत्यु हुन थालेको छ ।

ज्ञानहरी पराजुली

यस्तो अवस्थामा हामीलाई मानसिक रुपमा तनाव र चिन्ताले सताइरहेको छ । यता सामान्य मौसमी रुघा खोकी लाग्दा पनि कोरोना हो की भनी आफैमा डर चिन्ता छ । छिमेकी र साथीसहकर्मीबाट अलि फरक किसिमको व्यवहार र हेराइले हौसला भन्दा पनि तनाव मात्रै उत्पन्न भैरहेको छ । जसका कारण मानिस चिन्तित उदास र निरास र मरिन्छकी भन्ने मानसिक तनावमा बढ्दै गएको छ ।

यस्तो अवस्थामा आफुलाई र घरपरिवार छिमेकिलाई कसरी ‍मानसिक रुपमा बलियो वनाउन सकिन्छ ?

१. यो एक किसिमको अलि जटिल रुघाखोकी जस्तै हो र यसको मूत्युदर एकदम कम छ । साथै खास गरी यसले दीर्घरोगी दम निमोनिया, मुटु, फोक्सो, मृगौला, कलेजोको कोरोनिक रोग भएका मानिसलाई छिटो आक्रमण गर्छ । उनीहरुका लागि मुख्य ध्यान दिन जरुरी छ भने अन्य आम मानिसले सामान्य रुघा खोकि लाग्यो भन्दैमा तनाव लिने र धेरै शंका उपशंका नगर्ने तर लापरवाही नगर्ने ।

२. आम सामाजिक संजालमा आइरहेका अनेक किसिमका कोरोनासम्बन्धी समाचार, पोस्टर पम्पलेटलाई आधार मान्नु भन्दा WHO, सरकारी समाचार र सूचनालाई ध्यान दिने ।

३. सामाजिक संजाल Online पत्रपत्रिकाहरु घरि–घरि हेरिनरहने । खास गरी दिनमा तीन पटक हेर्दा राम्रो । बिहान ८ वजे, दिउँसो ५ वजे र बेलुका ८ वजे ।

४. घरपरिवार, आफन्त, साथिभाइ, कार्यालयका कर्मचारीहरुबीच नियमित सम्पर्कमा रहने ।

५. नियमित रुपमा शरीरबाट पसिना आउने गरी Exercise गर्ने र आन्तरिक रुपमा Immunity Boost गर्न योगाभ्यास गर्ने खासगरी कपालभाँती, अनुलोमविलोम, भ्रामरी भ्राष्त्रिका गर्ने ।

६. तनाव भा छ अनि मादक पदार्थले कोरोना हटाउछ भनी तनाव व्यवस्थापनको लागि धुम्रपान मद्यपानको सेवन नगर्ने ।

७. आत्मबल वढाउने र पौष्टिक आहारमा ध्यान दिने, तातो पानी प्रशस्त पिउने ।

८. आधिकारिक रुपमा औषधि पत्ता नलागेको र कोरोना पनि एक किसिम फ्लु भएकोले ज्वानो, अदुवा, वेसार, मरिच, गुर्जो तुलसीकापात र लसुन राखेर पानी पकाएर दिनमा दुई तीन पटक पिउने र मलाई सकभर कोरोना लाग्दैन लागेपनि पाँच छ दिनमा निको हुन्छ भनी आत्मविश्वास बढाउने ।

९. कोरोना एक किसिमको जटिल खालको रुघा खोकि रहेछ । यदि हामी सचेत भयौं भने यसले झ्याप्पै लाँदैन । यसको मृत्युदर एकदम कम छ । यसलाई हाँसेर, पसिना निकालेर र माथि उल्लेखित मिसावट तातो पानीले निको पार्छु र पार्न सकिन्छ भनि आत्मविश्वसी बन्ने र अरुलाई सकरात्मक उर्जा प्रवाह गर्ने ।

१०. सकरात्मक सोचको विकास गर्ने, अरुलाइ माया ममताले हेर्ने संक्रमित व्यक्तिलाई सामाजिक वहिष्कार अपहेलना नगर्ने, वरु उसको घरमा वा क्वारेन्टाइनमा के समस्या छ खाद्यन्नको अभाव छ कि छैन सुरक्षित साथ बुझ्ने र सक्दो सहयोग गर्ने ।

११. अत्यावस्यक काममा वाहेक सकभर बाहिर नजाने गइहाले पनि मास्कको प्रयोग गर्ने, कसैसँग एकदम नजिक नहुने, समय समयमा सावुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने, म मात्र बाँच्छु होइन अरुलाई पनि बचाउँछु भन्ने भावनाको विकास गर्ने ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ११ : २२ बजे

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सभामुख घिमिरेले दिए शुभकामना

काठमाडौ. । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै म्याग्दीको प्राविधिक शिक्षालय

म्याग्दी । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको

संस्थागत विद्यालयलाई नेपालीपन झल्कने नाम राख्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरूलाई नेपालीपन झल्कने नाम राख्न

सिरहामा १० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरियो

सिरहा । सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै (एसइई)