२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

नुवाकोटमा आइसोलेशन कक्ष निर्माण गरिदैँ



नुवाकोट । नुवाकोटका स्थानीय तहमा १० श्य्याको आइसोलेशन कक्ष निर्माण गरिने भएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोरोना जोखिम हुन नदिन जिल्लाका १२ वटै स्थानीय तहलाई आइसोलेशन कक्ष निर्माण गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकले शिवपुरी गाउँपालिकामा कोरोना जोखिम हुन नदिन आज साँझ ६ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय समेत गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो गाउँपालिकामा ७ जनामा कोरोना सङ्क्रण पुष्टि भएको छ ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको संयोजकत्वमा बसेको बैठकले औषधि उपचार, खाद्य वस्तु खरिद र आफ्नै खेतवारीमा कृषिजन्य कार्य लगायतका आवश्यक काम बाहेक अन्य काममा घरबाट ननिस्कन आग्रह गरेको छ ।

प्रजिअ ढकालले खाद्यन्न पसल बिहान ६ देखि १० बजेसम्म मात्र खोल्न पाउने जानकारी दिए ।

बैठकले निषेधाज्ञा कार्यन्वयन तथा सीमा नाकालाई थप व्यवस्थित बनाउन गाउँपालिकाको रोल्चे नाकामा सशस्त्र प्रहरी बल परिचालन गर्ने निणर्य समेत गरेको छ ।

भदौ ९ गते बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायात र निजी सवारी साधनको सञ्चालनमा थप कडाई गर्ने निर्णय गरेको छ

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  १ : ०९ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,