१ चैत्र २०८२, आइतबार | March 15, 2026

ऐतिहासिक ब्रह्मा मन्दिर पुनःनिर्माणका लागि शिलान्यास



काठमाडौँ । पशुपति क्षेत्रमा रहेको काठमाडौँ महानगरपालिका–८ स्थित ऐतिहासिक एवं पुरातात्विक महत्वको ब्रह्मा मन्दिर पुनःनिर्माण हुने भएको छ । उक्त मन्दिर पुनःनिर्माणका लागि आज शिलान्यास गरिएको छ ।

छैटौँदेखि सातौँ शताब्दीको उक्त मन्दिरको आज विधिपूर्वक पूजा अर्चनासहित शिलान्यास गरिएको हो । महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा–८ का वडाअध्यक्ष आशामान संगत र महानगरपालिका सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राईले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।

“काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन विभागले निर्माण गर्न लागेको ब्रह्मा मन्दिरको लागत करिब रु एक करोड १४ लाख ६८ हजार दुई सय ६९ रहेको छ,” सम्पदा तथा पर्यटन विभाग प्रमुख एवं कामपा–८ का वडाअध्यक्ष आशामान संगतले भने ।

ब्रह्मा मन्दिर २०८२ साल साउन २६ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । माटो इँटा र काठको प्रयोगबाट मन्दिर दुई तल्लाको प्यागोडा शैलीमा निर्माण हुने र शिरमा गजुर राखिने जनाइएको छ ।

एक सय वर्षभन्दा अगाडिदेखि भग्नावशेषका रूपमा रहेको यो मन्दिरको २०७९ साल माघमा पुनः निर्माणका लागि क्षमा पुजा गरिएको थियो । तत्कालीन अवस्थामा पुरातत्व विभागबाट पास भएको नक्सामा शिलान्यास गरिएको थियो । मन्दिरको जग खोज्दै जाँदा जग ठुलो भएकाले पुनः पुरातत्वविद् एवं इञ्जिनियरसँग छलफल गरेर यसको शैलीमा परिवर्तन गरिएको हो । हाल भग्नावशेष रहेको आधारमानै निर्माण गर्न लागिएको वडाअध्यक्ष संगतले बताए ।

टेन्डर प्रक्रियाद्वारा मन्दिर निर्माण गर्न लागिएको हो । महानगरपालिका सम्पदा तथा पर्यटन विभाग, कोष, पुरातत्व विभाग, वडा–८ सहितका निकायको समन्वयमा पुनःनिर्माणको पहल गरिएको हो ।

ब्रह्मा भगवान्को मूर्ति ४० वर्षदेखि गौशाला प्रहरी कार्यालयमा रहेको छ । मन्दिर निर्माणपछि त्यहीँ राख्ने तयारी छ । मिडिना कन्ट्रक्सन प्रालिले उक्त मन्दिर निर्माण गर्न लागेको हो । मन्दिरको ऐतिहासिकतालाई जोगाइ पुनःनिर्माण गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ८ : ५१ बजे

चार दशमलव ४५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना

कांग्रेसले टुंग्यायो २० समानुपातिक सांसदको नाम, निर्वाचनको समीक्षा अर्को बैठकमा

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट निर्वाचित हुने २० जनाको

आक्रमणका तस्वीरमा प्रतिबन्ध र सेनाको अनुमतिपछि मात्रै रिपोर्टिङ

आक्रमणका तस्वीरमा प्रतिबन्ध र सेनाको अनुमति पछि मात्रै रिपोर्टिङस् इस्रायल,

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो