२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

२४ घण्टामा १२ जना कोरोना संक्रमितले गुमाए ज्यान



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ जना महिला र ८ जना पुरुषको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार मोरङका ५६ र ६५ वर्षीया महिलाको मृत्यु भएको छ ।

भक्तपुरका ६४ वर्षीया र मकवानपुरका ७४ वर्षीया महिलाको पनि कोरोनाकै कारण ज्यान गएको छ ।

यस्तै, उदयपुरका ५२ वर्षीय पुरुष, पर्साका ७२ वर्षीय पुरुष, रुपन्देहीका ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसैगरी धनुषाका ४५ वर्षीय, सिराहाका ५५ वर्षीय, झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय र कास्कीका ५२ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले बताए ।

हालसम्म देशभर १९५ जना संक्रमितको मृत्यु भएको छ । नेपालको मृत्युदर ० दशमलव ५३ प्रतिशत रहेको गौतमले जानकारी गराए ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ४ : ४४ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको