२२ बैशाख २०८१, शनिबार | May 4, 2024

२४ घण्टामा १२ जना कोरोना संक्रमितले गुमाए ज्यान



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ जना महिला र ८ जना पुरुषको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार मोरङका ५६ र ६५ वर्षीया महिलाको मृत्यु भएको छ ।

भक्तपुरका ६४ वर्षीया र मकवानपुरका ७४ वर्षीया महिलाको पनि कोरोनाकै कारण ज्यान गएको छ ।

यस्तै, उदयपुरका ५२ वर्षीय पुरुष, पर्साका ७२ वर्षीय पुरुष, रुपन्देहीका ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसैगरी धनुषाका ४५ वर्षीय, सिराहाका ५५ वर्षीय, झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय र कास्कीका ५२ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले बताए ।

हालसम्म देशभर १९५ जना संक्रमितको मृत्यु भएको छ । नेपालको मृत्युदर ० दशमलव ५३ प्रतिशत रहेको गौतमले जानकारी गराए ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ४ : ४४ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको