२५ भदौ २०८३, बिहिबार | September 10, 2026

बुटवलमा उद्योगी व्यवसायीलाई उर्जा दक्षता अभिमुखिकरण



बुटवल । बुटवलमा उद्योगी व्यवसायीहरुलाई उर्जा दक्षता सम्बन्धि अभिमुखिकरण गरिएको छ । उद्योगी व्यवसायीका लागि जर्मन सहयोग र युरोयियन युनियनको आर्थिक सहयोगमा सञ्चालन गरिएको उर्जा दक्षता कार्यक्रम अन्तरगत बुटवल उद्योग वाणिज्य संघको समन्वयमा मंगलबार बुटवलमा उद्योगी व्यवसायीलाई अभिमुखिकरण गरिएको हो ।

यसमा आर्थिक सहयोग व्यवस्थापनको कार्यान्वयन राष्ट्रिय बाणिज्य बैंक र प्राविधिक पक्षको काम जि.आई.जेड.ले गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले उद्योग प्रतिष्ठानमा उर्जा दक्षता मापनले त्यसको सुधारमा सघाउ पु¥याउने बताए । उनले उद्योग प्रतिष्ठानको स्वास्थ्य जाँच पनि भएकाले उर्जा खपत गर्ने मात्रै नभई उत्पादन लागत घटाउन र प्रतिस्पर्धी बनाउन पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा जि.आई.जेड. उर्जा दक्षता कार्यक्रमका कम्पोनेन्ट म्यानेजर डा। सञ्जयप्रसाद गोरखालीले यो कार्यक्रमको बारेमा जानकारी गराउँदै उर्जा दक्षता कार्यक्रम मानव शरीरमा जस्तै उद्योगको होलवडी चेकपअ भएको बताए । उनले उद्योग प्रतिष्ठानमा गरिने उर्जा खपतको मापनले एउटा उर्जा खपतमा सहयोग गर्ने छ भने अर्कोतर्फ उत्पादन लागत घटाउन पनि सहयोग गर्ने भनाई राखे ।

जि.आई.जेड.का इनर्जी एड्भाईजर सुदन कायस्थले उद्योगमा उर्जा दक्षता सम्बन्धिमा प्रकाश पारेका थिए भने राजिव मंगल जोशीले अनुदान कार्यक्रम सम्बन्धमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ७ : ११ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व शान्तिधाम लुम्बिनीको पहलमा विश्व शान्ति पूजा हुँदै

बुटवल । विश्व शान्तिधाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली,