१० श्रावण २०८३, आइतबार | July 26, 2026

अझैपनि हिंसा पीडित छन् दलित महिला



बर्दिया । समाजमा अझैपनि दलित महिला तुलनात्मक रुपमा बढि हिंसापीडित भएको बर्दियामा एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । बर्दियाको गुलरिया मा सञ्चारमाध्यममा दलित महिलाको पहुँच अभिवृद्धिका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो कुरा बताएका हुन् ।

दलित महिला संघको आयोजनामा गरिएको कार्यक्रममा दलित महिला संघकी अध्यक्ष हिमा सुनारले अझैपनि अरुको तुलनामा दलित महिलाहरु हिँसामा बढी पर्ने गरेको बताइन् । उनले प्रहरी कार्यालयमा आउने घटना सँगसँगै अन्य अध्ययन र रिपोर्टहरुले पनि दलित समुदायका महिलाहरुले बढि हिँसा भोग्नु परेको पुष्टी हुने बताइन् । घरेलु हिँसा र बालविवाहको शिकार दलित समुदायमा नै बढै देखिएको छ । उनले भनिन्े – दलित महिलाहरुको सवाल अझैपनि सञ्चार मध्यमबाट बाहिर आउन सकेको छैन । त्यसको लागि सञ्चारकर्मीहरुले दलित महिलाको हक अधिकारको कलम चलाउनु पर्दछ । ’

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले पत्रकारहरूले दलित महिला लगायत अन्य पछाडि परेका समुदायमा पक्षमा निरन्तर कलम चलाउँदै आएको बताए । उनले भने, ‘ पत्रकारहरूले जातीय विभेद र मानव अधिकार पक्षमा निरन्तर काम गर्दै आएका छन। पत्रकारले पनि त्यहीअनुसार काम गर्नेछन् ।’

अन्तरक्रिया कार्यक्रममा बर्दिया जिल्लामा रहेका सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १० : ०१ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले