२६ श्रावण २०८३, मंगलबार | August 12, 2026

रवि लामिछानेविरुद्धको मुद्दा प्रह्लाद कुमार योगीको इजलासमा, सहकारी पीडितको तर्फबाट बहस गर्न दिनेश त्रिपाठी भैरहवा आउँदै



बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दा रुपन्देही जिल्ला अदालतमा प्रह्लाद कुमार योगीको इजलासमा परेको छ । लामिछानेसहित २२ जनाविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्था अनियमितताविरुद्ध मुद्दा दायर भएको थियो । नारायण बहादुर पहारीसहित सहकारीले पीडित दिएको जाहेरी आधारमा आज लामिछाने अदालत हाजिर भएका हुन् ।

बुधबार कार्यालय खुल्लेबित्तिकै लामिछाने रूपन्देही जिल्ला अदालतमा हाजिर भएका थिए । लामिछानेविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार मुद्दा दायर भएको थियो ।

लामिछानेको तर्फबाट बहस गर्न कानून व्यवसायी नारायणदत्त कंडेल भैरहवामा आइसकेको र रुपन्देहीमा रहेका कानून व्यवसायी गोविन्द प्रसाद मरासिनीलगायतले बहस गर्ने रास्वपा युवा नेता गणेश पौडेलले बताए ।

यता वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सहकारीका पीडितहरूको तर्फबाट बहस गर्ने भएका छन् । जाहेरी कर्ताको तर्फबाट बहस गर्न आफू भैरहवा आउन लागेको उनले बताए ।

काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीका पीडितको तर्फबाट वकालत गरेका त्रिपाठीलाई माघ २ गते अदालत परिसरमा रास्वपा समर्थकले आक्रमण गरेका थिए । त्रिपाठीलाई आक्रमण गर्ने ३ जना प्रहरी नियन्त्रणमा छन् । कसैले आक्रमण गर्ला भनेर आफू पीडितको पक्षबाट वकालत गर्न किन्चित पछि नपर्ने उनले बताए ।

सुप्रिम सहकारीबाट रवि लामिछानेको नाममा २ करोड ऋण स्वीकृत भइ १ करोड ९६ लाख गोरखा मिडियाको खातामा जम्मा भएको प्रहरी अनुसन्धानले देखाएको थियो ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ११ : ४७ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र