१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

बालक अपहरण परेको खबर पाएको २४ घण्टामा बालकको उद्धार, अपहरणकारी प्रहरी नियन्त्रणमा



नेपालगन्ज । बाँके प्रहरीले अपहरणमा परेका एक बालकको अपहरणको सुचना पाएको २४ घण्टा भित्रै सकुशल उद्धार गरेको छ । प्रहरीले खजुरा गाँउपालिकाका १३ वर्षिय बालकलाई अपहरण भएको सुचना पाएको २४ घण्टा भित्रै उद्धार गरेको हो । बिहिबार नै उद्धार गरि अपहरणकारीलाई पक्राउ गरेपनि अपहरणकारीलाई भने प्रहरीले शुक्रबार मात्र सार्वजानिक गरेको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अपहरणमा संलग्न नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ बस्ने २७ वर्षका कल्लु भनिने कलिम खाँलाई सार्वजनिक गरेको छ । अपहरणको २४ घण्टा भित्रै बालकलाई अपहरण मुक्त गरेपनि थप अनुसन्धान जारी रहेकाले तीन दिन पछि सार्वजानिक गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै एसपी रानाले बालक अपहरण गरी फिरौती माग्दै आएको खाँलाई पक्राउ गरी बालको उद्धार गरीएको जानकारी दिए ।

घटना अनुसार बाँकेको खजुरा गाउँपालिका-५ रजनवा गाउँका १३ वर्षका बालक इसहाक जाकिर भन्ने इन्तजार खाँलाई नेपालगन्ज उपमहानगरपालिका – १६ जयसपुरका २७ वर्षका उनका सहोदर भिनाजु कल्लु भन्ने कलिम खाँले ९ भदौमा अपहरण गरेका थिए । ९ भदौमा खजुरा–५ को रजनवा गाउँमा मोहर्रमको रमाइलो हेर्न गएको बेला खाँले बालकलाई अपहरण गरेका थिए

खाँले बालकको परिवारसँगै फरौती स्वरुप १० लाख रुपौयाँ माग गरेको सूचना प्राप्त भएसँगै अनुसन्धानमा जुटेको प्रहरीले सकुशल बालकलाई अपहरणमुक्त बनाउन सफल भएको रानाले बताए ।

एसपी रानाका अनुसार पक्राउ परेका खाँको साथबाट बालक अपहरणमा प्रयोग भएको भे ४ प २३४४ नम्बरको एक थान मोटरसाईकल र फिरौती माग्न प्रयोग भएको मोबाईल समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका खाँलाई अपहरण वा शरिर बन्धक सम्बन्धि कसुरमा मुद्धा दर्ता गरी अनुसन्धान अगाडी बढाईएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

Photo : DPO Banke

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ५ : ५९ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग