१४ बैशाख २०८३, सोमबार | April 27, 2026

सगरमाथा आरोहण दस्तुर बढ्यो, बिदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने



काठमाडौं । नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाएको छ । आगामी सेप्टेम्बर १, २०२५ देखि लागू हुनेगरि सरकारले अनुमति शुल्क बढाएको हो ।

नयाँ दर अनुसार विदेशीहरूको लागि आरोहण शुल्क ११ हजार अमेरिकन डलरवाट बढाएर १५ हजार डलर पुरयाइएको छ, जो ३६ प्रतिशत बढी हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकृत माधव अधिकारीले भने, “नयाँ दर आगामी सेप्टेम्बर १, २०२५ देखि लागू हुनेछ तर यो वसन्तमा माउन्ट एभरेष्ट चढ्न चाहनेहरूले बढि शुल्क तिर्नु पर्दैन,’ उनले भने।

यसैबीच नेपाल र चीनको बीचमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने योजनामा ​​रहेकाले शरद ऋतुमा ५ हजार ५ सय डलरको सट्टा ७ हजार ५ सय डलर तिर्नुपर्नेछ । जाडो र मनसुन सिजनको शुल्क ३७५० बाट २७५० सम्म बढेको छ।

नेपाली आरोहीका लागि शुल्क ७५,००० नेपाली रुपैयाँ (लगभग ५४५० अमेरिकन डलर) बाट दोब्बर भएर १,५०,००० रुपैयाँ लगभग (१,०९० डलर) पुगेको छ। नेपालले पछिल्लो पटक जनवरी १, २०१५ मा पर्वतारोहण अनुमति शुल्क परिमार्जन गरेको थियो।

माउन्ट एभरेष्टलाइ नेपालमा सगरमाथा  र चीनमा कोमोलाङ्मा भनेर चिनिन्छ, समुद्र सतह माथि पृथ्वीको सबैभन्दा अग्लो हिमाल हो। यसको उचाइ ८,८४८।८६ मिटर छ, जुन हालै सन् २०२० मा चिनियाँ र नेपाली अधिकारीहरूले  तय गरेका थिए।

माउन्ट एभरेस्टले धेरै आरोहीहरूलाई आकर्षित गर्दछ, उच्च अनुभवी आरोहीहरू सहित यसमा दुईवटा मुख्य आरोहण मार्गहरू छन्, एउटा नेपालको दक्षिण–पूर्वबाट शिखरमा पुग्ने (मानक मार्ग) भनेर चिनिन्छ र अर्को तिब्बतको उत्तरबाट। मानक मार्ग आरोहण गर्न कुनै ठूला प्राविधिक चुनौतीहरू छैनन्, यद्यपि सगरमाथामा उचाइमा मौसम र हावा, साथै हिमपहिरो र खुम्बु आइसफल जस्ता जोखिमहरू छन्।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  १२ : ०९ बजे

सरकारका प्रवक्ता भन्छन् – टीयू क्रिकेट मैदान भत्किने हल्ला निराधार

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित हुँदैन : कांग्रेस

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद् अधिवेशन स्थगित

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत

शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

राजविराज । यहाँ बोदेबर्साइन नगरपालिकामा आज बिहान शौचालयमा लडेर एक