३० श्रावण २०८३, शनिबार | August 15, 2026

अवरोध छिचोल्दै भैरहवा–लुम्बिनी कोरिडोरको विद्युत प्रसारण लाइन सम्पन्न हुँदै



भैरहवा । बुटवलबाट भैरहवा–लुम्बिनी कोरिडोरमा ल्याउन लागिएको विद्युत् प्रसारण लाइन चार महिनामा पूरा हुने भएको छ ।

बुटवल–गोरुसिङ्गे–लुम्बिनी १३२ केभी प्रसारण लाइन विस्तार आयोजनाले बीचमा कुनै अवरोध नभए चार महिनाभित्रै प्रसारण लाइन बन्ने जनाएको छ ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा–लुम्बिनी औद्योगिक कोरिडोर लगायतमा विद्युत् विस्तार र स्तरोन्नतिका लागि प्रसारण लाइन विस्तार थालिएको थियो ।

चार वर्षअघि प्रसारण लाइनको विस्तार थालिए पनि स्थानीयवासीको अवरोधका कारण ढिलाइ भएको हो । हालसम्म आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताए । योगीकुटीबाट सबस्टेसन रहेको मैनहियासम्म विद्युत् पुर्‍याउन ५६ वटा विद्युत् पोल गाड्नुपर्छ । अहिलेसम्म ३४ वटा पोलका लागि फाउन्डेसन बनेको छ । अब बाँकी २२ वटाको फाउन्डेसन पनि छिट्टै बन्ने पाण्डेको भनाइ छ ।

सबस्टेसनको बाँकी काम र ट्रान्समिसनको काम बाँकी रहेको उनले बताए । ‘टावरबाहेक अरू सबै सामान आइसकेको छ, ३४ वटा फाउन्डेसन तयार भएका छन्, बाँकी २२ वटा फाउन्डेसन पनि छिटै बन्दै छन्,’ उनले भने । एक अर्ब २० करोड लागतको यो आयोजना तीन वर्षभित्र सक्ने लक्ष्य भए पनि चार वर्षसम्म पूरा हुन सकेको छैन ।

विद्युत् विस्तारका लागि जग्गा प्राप्ति र रुट विवादले काम हुन सकेको थिएन तर अहिले सबै विवाद टुङ्गिएको छ र बन्दाबन्दीका बीचमा पनि काम निरन्तर अगाडि बढिरहेको छ, आयोजना प्रमुख पाण्डेले भने । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ७ : ४५ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर