११ श्रावण २०८३, सोमबार | July 28, 2026

वीरगन्जमा एक महिलासहित ३ जना कोरोना संक्रमितको मृत्यु



वीरगन्ज । वीरगन्जमा थप तीन जना कोरोना संक्रममितको मृत्यु भएको छ । मृतकहरु तीनैजना वीरगन्ज महानगरपालिकाकै बासिन्दा हुन् । जसमध्ये एकजना महिला रहेकी छिन् ।

वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय र वीरगञ्ज–१२ बस्ने ४३ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

एचआईभी र हेपाटाइटिस बीले ग्रसित ४३ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएपछि अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा लगिएको थियो । तर उनको राति ११ बजेर ५५ मिनेट जाँदा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिएका छन् ।

कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमै उपचाररत अर्का पुरुषको अवस्था अत्यन्तै खराब बनेपछि थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ । केहीदिनअघिदेखि तराई अस्पतालमा उपचाररत उनलाई शुक्रबार मात्रै वीरगन्ज हेल्थ केयरमा सारिएको थियो । राति पौने १२ बजेतिर मुग्लिन पुग्दा उनको बाटैमा मृत्यु भएको बताइएको छ ।

यसैगरी वीरगन्ज महानगरपालिका वडा नं. १२ मुर्लीकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर उनी नारायणी अस्पतालमा भर्ना भएकी थिइन । उपचारको क्रममा साँझ साढे पाँच बजेतिर उनको मृत्यु भएको थियो ।

वीरगन्जमा अहिलेसम्म कोरोना संक्रमणबाट ४८ जनाको मृत्यु भैसकेको छ । जसमध्ये पर्साका मात्रै ३६ जना रहेका छन् ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ९ : ०० बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला