२३ बैशाख २०८१, आइतबार | May 5, 2024

वीरगन्जमा एक महिलासहित ३ जना कोरोना संक्रमितको मृत्यु



वीरगन्ज । वीरगन्जमा थप तीन जना कोरोना संक्रममितको मृत्यु भएको छ । मृतकहरु तीनैजना वीरगन्ज महानगरपालिकाकै बासिन्दा हुन् । जसमध्ये एकजना महिला रहेकी छिन् ।

वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय र वीरगञ्ज–१२ बस्ने ४३ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

एचआईभी र हेपाटाइटिस बीले ग्रसित ४३ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएपछि अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा लगिएको थियो । तर उनको राति ११ बजेर ५५ मिनेट जाँदा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिएका छन् ।

कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमै उपचाररत अर्का पुरुषको अवस्था अत्यन्तै खराब बनेपछि थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ । केहीदिनअघिदेखि तराई अस्पतालमा उपचाररत उनलाई शुक्रबार मात्रै वीरगन्ज हेल्थ केयरमा सारिएको थियो । राति पौने १२ बजेतिर मुग्लिन पुग्दा उनको बाटैमा मृत्यु भएको बताइएको छ ।

यसैगरी वीरगन्ज महानगरपालिका वडा नं. १२ मुर्लीकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर उनी नारायणी अस्पतालमा भर्ना भएकी थिइन । उपचारको क्रममा साँझ साढे पाँच बजेतिर उनको मृत्यु भएको थियो ।

वीरगन्जमा अहिलेसम्म कोरोना संक्रमणबाट ४८ जनाको मृत्यु भैसकेको छ । जसमध्ये पर्साका मात्रै ३६ जना रहेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ९ : ०० बजे

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं