२९ मंसिर २०८२, सोमबार | December 16, 2025

संसद् अधिवेशनको पहिलो दिन प्रधानमन्त्री र दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने



काठमाडौं । यही माघ १८ गतेदेखि सुरू हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनको कार्यतालिका तयार गरिएको छ ।

सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतसहितको बैठकले माघ महिनाभरका लागि कार्यतालिका तयार गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारूढ नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले संसद्को हिउँदे अधिवेशनअन्तर्गत कार्यतालिका बनाइएको जानकारी दिए । उनका अनुसार संसद्को पहिलो दिन सुरूमा प्रधानमन्त्री एवं दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । सोही दिन सरकारले ल्याएका विभिन्न अध्यादेश संसद्मा पेस हुनेछन् ।

“संसद्को पहिलो दिनको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ । त्यसपछि विपक्षी दलका नेतासहित सबै राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने प्रारम्भिक कार्यसूची तय गरिएको छ”, मुख्य सचेतक बर्तौलाले भने। माघ महिनाभरको संसद्को बैठकको कार्यतालिका तयार भएको र सोहीअनुसार अगाडि बढ्ने सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।

त्यसपछिका बैठकमा संसद्मा पेश भएका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । आजको बैठकले तयार गरेको कार्यतालिका मङ्गलबार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले अनुमोदन गर्नेछ ।

मुख्य सचेतक बर्तौलाले आगामी अधिवेशनलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण विधेयक एवं थाती रहेका कानुन पारित गर्नेगरी सत्तारूढ र प्रमुख प्रतिपक्षी दलबीच समझदारी भएको जानकारी दिए । उनले संसद्को प्रभावकारिता बढाउँदै रचनात्मक र क्रियाशील बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे। बैठकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक निशा डाँगी पनि सहभागी थिए ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  २ : ५९ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको