२७ माघ २०८२, मंगलबार | February 10, 2026

सञ्चार ग्राम स्थापना गर्दै सञ्चारकर्मी संरक्षणको काम बुटवलले गरिरहेको छ : नगरप्रमुख पाण्डेय



बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलमा सञ्चारग्राम स्थापना गर्दै मिडिया हाउसमा काम गर्ने सञ्चारकर्मीहरुको संरक्षणको काम बुटवलले गर्दै आएको उल्लेख गरेका छन । शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेयले सञ्चार जगतमा आर्थिक समस्या रहेको अवस्थामा बुटवलले प्रयास गरेको बताए ।

नगरप्रमु पाण्डेयले बुद्ध सामुदायिक टेलिभिजनलाई बुटवल स्थानीय सरकारले समान खालको व्यवहार गरिरहेको उल्लेख गरे । उनले बुटवल उपमहानगरले पछिल्लो समय गरेका महत्वपूर्ण कार्यहरुको बारेमा बताउदै ज्योतिनगर पहिरो व्यवस्थापनको काम, हाईमास्ट लाईट, ट्राफिक लाईट व्यवस्थापन तथा सिसिक्यामेरा जडान गर्नुका साथै छाडा चौपाया व्यवस्थापनको प्रयास स्वरुप गौशाला सञ्चालन गरेको बताए । उनले युवालाई रोजगारमा जोड्न विभिन्न कार्यक्रमहरुसमेत गरेको उनले बताए ।

निर्देशन समिती संयोजक बेन बहादुर पौडेल क्षेत्रीले टेलिभिजनलाई स्थायी बनाउन खोजिरहेको बताए । उनले नयाँ सोचबाट टेलिभिजन सञ्चालन गर्नुपर्ने भएपनि अहिले त्यो नहुदा समस्या रहेको उल्लेख गरे । कानुनी सल्लाहकार बुद्ध बहादुर थापाले प्रेस जगतलाई बेवास्ता नगरेको बताउदै यो क्षेत्रलाई जोगाउनको लागि आवश्यक रहेको उल्लेख गरे ।

टेलिभिजनका सल्लाहकार एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेलले कर्मचारीको पारीश्रमिकको दयीत्व सञ्चालकहरुको हुने भएपनि बुद्ध सामुदायिक टेलिभिजनका कर्मचारीले त्यो ब्यवस्थापन आफै गरिरगेको उल्लेख गरे । निवर्तमान अध्यक्ष एवं निर्देशन समिती सदस्य पृथबहादुर फौदारले टेलिभिजनको स्थायी आम्दानी नहुदा सम्म सहज ब्यवस्थापन गर्न नसकिने उल्लेख गरे ।

टेलिभिजनका सल्लाहकार रिता सेनले टेलिभिजनको जग्गा खरिद गरिएको भएपनि उपयोग गर्न नसकेको भन्दै प्रयोगमा ल्याउनुपर्ने बताईन । टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले सञ्चार र उपकरण आधुनिक बनाउदै जाने अवस्था बन्दै गईरहेको भन्दै बजार चलायमान नहुदा सञ्चार क्षेत्र चेपुवामा परेको उल्लेख गरे । उनले वार्षिक कार्ययोजना तथा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यकारी प्रमुख कपिल ज्ञवालीले टेलिभिजनको पछिल्लो अवस्थाको बारेमा बताउदै समाचार र कार्यक्रम तथा जनशक्तिको बारेमा जानकारी गराएका थिए । टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवालीको स्वागत तथा सचिव जेबि गुरुङको सञ्चालन र सञ्चालक डोलराज बस्यालको ध्यन्यवाद ज्ञापनमा सम्पन्न साधारणसभामा कोषाध्यक्ष अरुण कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभाकै अवसरमा बजार प्रतिनिधि बसन्ती कार्कीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान समेत गरिएको थियो । टेलिभिजनमा २३१ जना शेयर सदस्य रहेका छन ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ५ : २८ बजे

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

कांग्रेसले सबैलाई समेटेर देश सम्हाल्छ : गगन थापा

सिरहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै विचार र

जेनजी पुस्ताको मर्मअनुरूप संविधान संशोधन गर्ने नेकपाको प्रतिबद्धता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले नवयुवा  (जेनजी)पुस्ताको मर्म अनुरुप आफ्नो

आगामी दशकलाई कृषि लगानी दशक : एक वर्षभित्र किसानलाई परिचयपत्र

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी दशकलाई ‘कृषि लगानी दशक’