११ श्रावण २०८३, सोमबार | July 28, 2026

चितवनमा फेरि कोरोना संक्रमित महिलाको मृत्यु



चितवन । चितवन मेडिकल कलेजमा अर्का एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं. ५ की ४९ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । मृगौला रोगबाट पीडित ती महिलाको आईसीयूमा राखेर उपचार गरिएकै अवस्थामा मृत्यु भएको हो ।

डायलाइसिस गर्नका लागि साउन २७ गते चितवन मेडिकल कलेज आएकी उनको तीन पटक सम्म डायलाइसिस गरिएको थियो । सोही क्रममा कोरोना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो ।

यसअघि शुक्रबार बिहान पनि हेटौंडाकै ७१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो । यस्तै, शुक्रबार नै चितवन र गोरखाका अन्य दुई जनाको पनि मृत्यु भएको थियो ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  १० : ३८ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला