१३ फाल्गुन २०८२, बुधबार | February 26, 2026

एचपिभी खोप अभियानः अभिनेत्री कोइरालालाई सद्भावनादूत घोषणा



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रम तथा एचपिभी खोप अभियानका लागि वरिष्ठ अभिनेत्री एवं समाजसेवी मनिषा कोइरालालाई सद्भावनादूत घोषणा गरेको छ । मन्त्रालयले बुधबार एक कार्यक्रम आयोजना गरी उनलाई सद्भावनादूत घोषणा गरेको हो ।

कार्यक्रममा अभिनेत्री कोइरालाले आफू क्यान्सरबाट पीडित भएर निको भएको बताउँदै निरोधात्मक पूर्वतयारी गरे पाठेघरको मुखको क्यान्सरबाट हुने जोखिमबाट बच्न सकिने उल्लेख गरिन। खोपको प्रोत्साहन गर्ने सामाजिक काममा सहभागी हुन पाउँदा गर्व महसुस भएको बताउँदै उनले यस अभियानमा सबैलाई हातेमालो गरेर अघि बढ्न आग्रह गरिन।

सङ्घीय सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान यही माघ २२ गतेदेखि सुरु गर्दैछ । आगामी फागुन ६ गतेसम्म देशैभरि सञ्चालन हुने यस अभियानअन्तर्गत १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई एचपिभी खोप लगाइँदैछ ।

एचपिभी खोप लगाएमा पाठेघरको मुखमा हुने क्यान्सरबाट सुरक्षित हुन सकिने र खोप प्रारम्भिक किशोर अवस्थामा लगाएमा प्रभावकारी हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस सन्दर्भमा प्रारम्भिक किशोरावस्था भन्नाले १० देखि १४ वर्षको उमेरलाई बुझाउँछ ।

मन्त्रालयले यही माघ २२ गते ९विश्व क्यान्सर दिवसका० दिन खोप अभियानको सुरूआत गर्ने जनाएको हो । नेपालमा औसतमा हरेक दिन छ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र चारजना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले जनाएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रूपमा नरहने अवस्थामा पु-याउन सरकारले सन् २०३० सम्म तीनवटा स्वास्थ्य सेवाको गन्तव्य निर्धारण गरेको जानकारी दिए । जसअनुसार १० देखि १४ वर्षसम्म उमेरका कम्तीमा ९० प्रतिशत किशोरीलाई एचपिभी खोप दिइने र ३० वर्षभन्दा माथिको उमेर समूहका कम्तीमा ९० प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिने उनले उल्लेख गरे। उनका अनुसार पाठेघरको मुखको क्यान्सर पहिचान भएका कम्तीमा ९० प्रतिशत महिलाको उपचार गरिने छ ।

यो वर्ष देशव्यापी रूपमा एचपिभी खोप अभियान सञ्चालन गरिँदैछ । यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई एचपिभी खोप दिइनेछ ।

मन्त्री पौडेलले भने, “मुलुकलाई सबैखाले क्यान्सरमुक्त बनाउन उपचारात्मक मात्र होइन अब निरोधात्मक अभियानमा लागेका छौँ । धेरै मृत्यु हुने गरेको पाठेघरको मुखको क्यान्सरबाट महिलालाई जोगाउन यो अभियान सुरु गरेका हौँ ।”

एचपिभी खोप सेवालाई आगामी वर्षदेखि नियमित अभियानका रूपमा सञ्चालन गरिने मन्त्री पौडेलले जानकारी गराए ।

अभियानअन्तर्गत विद्यालय जाने कक्षा ६ का छात्राहरू र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई हरेक वर्ष एचपिभी खोप दिइने मन्त्रालयले जनाएको छ ।

एचपिभी खोपका लागि लक्षित गरेका अधिकांश किशोरीहरू विद्यालयमा अध्ययन गर्ने भएकाले खोप सेवा पनि मुख्यतः विद्यालय केन्द्रित हुनेछ । विद्यालयहरूमा खोप सेवा सञ्चालनपछि स्वास्थ्य संस्था र बाह्य खोप केन्द्रहरू तथा वडा कार्यालयबाट समेत यो खोप प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ ।

यस वर्ष सञ्चालन हुने एचपिभी खोप अभियानमा १८ हजार नौ सय विद्यालय र आठ हजार दुई खोप केन्द्रहरूबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए । उनका अनुसार खोप दिने स्वास्थ्यकर्मीहरू करिब २७ हजार र स्वयम्सेवक ५४ हजारभन्दा बढी परिचालन हुनेछन् ।

खोप अभियानका लागि १७ लाख ७० हजार २० मात्रा एचपिभी खोप प्राप्त भएको जानकारी दिँदै उनले यो खोप प्रदेश तहमा पु-याइसकिएको र अभियान सञ्चालन अगाडि सम्बन्धित स्वास्थ्य संस्थामा पुग्नेगरी खोप वितरण गरिने बताए ।

अभियानका लागि गाभीबाट सहयोग र नेपाल सरकारको सहलगानी रहेको छ । हरेक वर्ष नियमित खोप कार्यक्रममा एचपिभी खोप समावेश गरी दिगो रूपमा खोप दिने लक्ष्य नेपाल सरकारले लिएको छ ।

मन्त्रालयले एचपिभी खोप सुरक्षित र प्रभावकारी रहेको र नेपालमा खरिद–आपूर्ति गरिने एचपिभी खोप विश्व स्वास्थ्य सङ्गठनले गुणस्तरयुक्त प्रमाणित खोप भएको जनाएको छ । नेपालमा खोप सञ्चालन गर्नका लागि औषधि व्यवस्था विभागले समेत अनुमति प्रदान गरेको छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ५ : ५९ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला