१२ पुस २०८२, शनिबार | December 27, 2025

निर्दोष बालबालिका पनि कारागारमा



बागलुङ । जिल्ला कारागारमा आमासँग बालबालिका बस्न बाध्य भएका छन् । बागलुङको महिला कैदीबन्दीका दुई बालबालिका पनि कारगारमा छन् । चार वर्षीय बालक कारागारमा बसेको १० महिना भयोभने दुई महिनाकी बालिका पनि थपिएकी छिन् ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मीसेन सुनार सहकारी ठगी मुद्दामा २०८० माघ १२ गते काठमाडौंमा पक्राउ परेकी थिइन । सुनारलाई जिल्ला अदालतले माघ १५ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । सुनार जिल्ला कारागार चलान भएको दुई महिनापछि उनका ४ वर्षीय छोरा पनि कारागार पुगेका थिए । छोराको स्याहारसुसार र संरक्षण गर्ने मान्छे नभएपछि सुनारले पछिल्लो १० महिनादेखि छोरालाई आफूसँगै कारागारमा राख्दै आएकी छिन् ।

कर्तव्य ज्यान कसुरमा आमा तनसरा विक पुस ९ गते पुर्पक्षका लागि कारागार चलान भएपछि उनीसँगै उनकी २ वर्षीया छोरी कारागारमा बस्दै आएकी छिन् । सुनार र तनसरा दुवैको मुद्दा कहिले फैसला हुन्छ टुङ्गो छैन । पाँच वर्षभन्दा कम उमेरका बालबालिका आमा थुनामा रहेको समयमा घरमा हेरचाह र संरक्षण गर्ने व्यक्ति नभएपछि आमासँगै राख्न पाउने व्यवस्थाअनुसार उनीहरुलाई कारागारमै राखिएको जिल्ला कारागारका प्रशासक धीरेन्द्र पन्तले बताए ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ८ : २४ बजे

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

‘नयाँ-पुरानो होइन, एजेन्डा र गन्तव्य महत्वपूर्ण’ – महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ वा

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा । चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

काठमाडौं । नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा

रास्वपाको समानुपातिक उम्मेदवार छनोट आजदेखि, ३८० आकांक्षीबीच आन्तरिक मतदान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक