३ पुस २०८२, बिहिबार | December 18, 2025

कांग्रेस जिल्ला सभापति र उपसभापति पोखरामा भेला हुँदै



काठमाडौं । नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुँदै छन् । पर्यटकीय नगरी पोखरामा माघ २२-२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकै पटक भेला हुन लागेका हुन् ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं पार्टी कास्कीको व्यवस्थापनमा २२-२३ माघमा पोखरामा प्रशिक्षण कार्यक्रम तय गरिएको छ ।

कास्की जिल्लाका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलका अनुसार सो प्रशिक्षण कार्यक्रममा मुलुकका ७ वटै जिल्लाका पार्टी जिल्ला सभापतिसँगै जिल्लाको प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीसमेत रहेका उपसभापतिहरू सहभागी हुनेछन् ।

सो प्रशिक्षण कार्यक्रमलाई कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ७ : ५६ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका