१३ बैशाख २०८३, आइतबार | April 27, 2026

कांग्रेस जिल्ला सभापति र उपसभापति पोखरामा भेला हुँदै



काठमाडौं । नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुँदै छन् । पर्यटकीय नगरी पोखरामा माघ २२-२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकै पटक भेला हुन लागेका हुन् ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं पार्टी कास्कीको व्यवस्थापनमा २२-२३ माघमा पोखरामा प्रशिक्षण कार्यक्रम तय गरिएको छ ।

कास्की जिल्लाका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलका अनुसार सो प्रशिक्षण कार्यक्रममा मुलुकका ७ वटै जिल्लाका पार्टी जिल्ला सभापतिसँगै जिल्लाको प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीसमेत रहेका उपसभापतिहरू सहभागी हुनेछन् ।

सो प्रशिक्षण कार्यक्रमलाई कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ७ : ५६ बजे

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुटवल । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र