६ श्रावण २०८३, बुधबार | July 22, 2026

सात महिना पहिले नेपालगन्जमा खुकरी हानेर हत्या गरेको अभियोगमा एकजना पक्राउ



नेपालगन्ज । सात महिना पहिले नेपालगन्जको सदरलाईनमा खुकुरी प्रहारबाट हत्या भएको प्रकरणमा बाँके प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सदरलाईनको टाँगास्टेशन नजिकै खुकुरी प्रहारबाट मृत्यु भएका इसाद कवाडियाको हत्या अभियोगमा घटनाको सात महिना पछि प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।

नेपालगन्ज उपमहानगरवालिका वडा नम्बर ११, टांगास्टेसन नजिक गत असार २८ गते राती पौने ११ बजेको समयमा गरिएको खुकुरी प्रहारबाट स्थानीय इसाद कवाडियाको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा जाजरकोटका २३ वर्षीय जतगसिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपालगन्जको बसपार्कस्थित अछामी गेष्टहाउसबाट ठकुरीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको बांके प्रहरी प्रवक्ता डीएसपी आयुश जोशीले बताए । सात महिना अघि टांगास्टेसनमा युवाको झगडा भइरहदा छुट्याइदिन गएका कवाडियाको खुकुरी लागेर मृत्यु भएको थियो ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ५ : १२ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज